stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

विभेदको जगमा समृद्धि

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ५, २०७७ शुक्रबार

कृष्ण कुमारी खतिवडा

हामी समानताकाे कुरा गछौ जुन,आर्थिक विषयमा खाेज्छौ खाेजेकै आर्थिक समानता पनि अरु धेरै किसिमका समानता कायम नगरी पाउन सकदैनौ ।

छोरीलाई गरिने विभेदले आर्थिक असमानता कम गर्नेमा बाधा पुन्याएकाे छ। छाेरा जतिकै छाेरी पनि एक आर्थिक सामाजिक मानव हुन। छाेरा जस्तै छाेरा भन्दा भिन्न किसिमको आर्थिक उत्पादन गर्न ज्ञान सीप क्षमता छाेरीमा हुन्छ । आधा भन्दा वढी ज्ञान सीप भएका छाेरी जातिको ज्ञान सिप क्षमतालाई बेवास्ता गछौ ।

कसरी आर्थिक सामाजिक प्रतिस्पधि बन्न सक्छ । छाेरीहरूलाई अवसर बाट बञ्चित बनाएर नतिजा चाहिँ राम्रो आउदैन। हिजो हाम्रा आमा दिदी बहिनी भाउजू श्रीमती बुहारीलाई गरिएको विभेद हाम्रो समाज पछाडि रहनुका धेरै कारण मध्ये एउटा हाे।

हिजो महिलालाई विभेद नगरिएको भए आजकाे समाज उन्नत भइसकेको हुने थियोे । । हाम्रो समृद्धिकाे नारामा अाज पनि विभेदलाई निरन्तरता दियौ भने भाेलि पनि नतिजा राम्रो नआउने पक्का छ। छाेरीहरु प्रति आज हामीले गरिरहेको ब्यवहारले नै भाेलिकाे प्रतिफल हाम्रा लागि छाेरीका लागि समग्र राष्ट्रियता समाजका लागि निधाण गर्नेछ ।

छाेरी प्रति ब्यवहार नसञ्चाइ सकरात्मक प्रतिफलकाे आशे गर्नु मुर्खता हाे। स्थापित डाक्टरले दाइजाे नपाएको निहुमा श्रीमतीकाे हत्या गर्न घटनालाई यहा उदाहरण लिन सकिन्छ जसले डिग्री लिएर लाेभलाग्दाे कमाइ गरिरहेका छाेरीहरु प्रति विभेद हुनु यसैको परिमाण हाे जसले छाेरीकाे जिन्दगी बरवाद बनाइएको छ भन्ने आमाका लागि अरु राेग नचाहिने काल भएको छ।

यस्तो जघन्य विभेदलाई काखि चियापेर हामी कसरी सभ्य समाजको निमाण गर्न सक्छौ । नागरिकका विषयमा पनि लैगिक समानता माथि पुरुषवाद हावि भएको छ यहा छाेरीहरु प्रतिकाे विभेद जातीय क्षेत्रीय भौगोलिक राजनीतिक सांस्कृतिक विभेदका अनेक रुपलाई हामीले नजिकैबाट हेरेका छौ ।

तिनले हामीलाई थिचिरहेका छन, अगाडि बढन दिएका छैनन, हामी समृद्धिका कुरा गरिरहेका छौ। यस्ता विभेदको अन्त्य नभइ समृद्धि कल्पनामा मात्र हाेला । समृद्धि माथि प्रश्नन उठाउदा सरकारको मात्र आलाेचना गर्दिन राजनीतिक दलहरुसग पनि याे नारा सम्बन्धित छ।

उनीहरूले हाम्रा लागि समृद्धि बनाइ दिन सक्छन् उनिहरु पनि हामी जस्तै हुन विलक्षण प्रतिभा दुलभ प्राणि हाेईनन। हामीले लहलहिमा भाेट हालेर प्रतिनिधि बनाएका छौ। हाम्रो चेतना बुद्धि नहेरी याेग्य नेतुत्वकाे आशा गनु पनि भुल हुन्छ । निश्चित जीवन प्रद्दतिप्रती हामी अशक्त छौ ।

जातिबाद पुरुष प्रधान साेच ठाउँ फरक भइ राजनीतिक रुपमा स्थापित दलहरु पनि यहा विभेद र पुरानो साेच भएकोले स्वतन्त्र ब्यक्ति सामाजिक प्रतिकाे धारण फराकिलो बनाएकाे छैन । यस्ता विषयमा हामीले छलफलकाे बिषय बनाएका छैनौ । पाटीकाे केन्द्रीय सरचनामा संविधानमा ३३ प्रतिसत महिला हुनुपर्छ भन्ने मागलाई देशकै पाटी शक्तिशाली सरकारका अध्यक्ष, प्रधानमन्त्री केपि ओलीले बिनाकारण महिलाहरूलाई गरेको ब्यवहार यथार्थ यहा छ ।

सरकारका नीति पुर्ण निणय सहि हुदैन, जब सरकारले जनताका लागि भनेर सहि निणय नगरी अघि बढेको अवस्थामा । सभासद राम कुमारी झाक्कीले उठाउनु भएको विषयमा सहमति नहाेला तर छाेरीले बाेलेका टयाउ टयाउ बाेलेकाे भन्नुहाेला ।

यस्ता गम्भीर कुरामा सरकारको ध्यान नगए समग्र समाज र राष्ट्रले क्षति ब्यहाेनु पर्छ। हामी पुर्ण मानव बन्न काेशिस गरौं आधा आकास छोरीहरुलाइ छाेडेर हामी कसरी पूरा मान्छे बन्न सकौला छाेरीहरुसग गरिने ब्यवहारमा सरकार समाज घर परिवारकाे इसारामा कठैवरि बिचरा जस्ता कुरामा पखेर बसन थाल्यौं भने हामी कहिले कहि पुग्दैनौ ।आधा भन्दा बढी जनसंख्या भएका छाेरीहरुकाे ज्ञान सीप क्षमतालाई बेवास्ता गरेर हामीले कसरी समृद्धि हासिल गर्न सकौला ?

prabhu mahalaxmi
kumari