stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपालमा पहिलो पल्ट टोस्टमास्टर्स डिस्ट्रिक्ट ४१ को तालिम कार्यक्रम आयोजना

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । टोस्टमास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ ले नेपालमा पहिलो पटक डिस्ट्रिक्ट अफिसर तालिम कार्यक्रम आयोजना गरेको छ ।

श्रावण ६, ७ र ८ मा आयोजना गरिएको यस तीन दिने कार्यक्रममा भारत र नेपालका ९० जनाभन्दा बढी डिस्ट्रिक्ट अफिसरहरु सहभागी थिए जहाँ उनीहरुले आफ्नो नेतृत्व सीप विकास गर्दै सामाजिक सम्बन्ध बढाउने मौका पाएका थिए ।

कार्यक्रममा डिस्ट्रिक ४१ का अनुभवी तथा उत्कृष्ट नेतृत्व पंक्तिहरुले प्रेरणादायी वक्तव्य दिँदै तालिम सञ्चालन गरेका थिए ।

अमेरिकामा सन् १९२४ देखि शुरु भएको टोस्टमास्टर्स इन्टरनेसनल हाल विश्वका १४९ राष्ट्रहरूमा फैलिएको छ । नेपालमा यो संस्था सर्वप्रथम सन् १९९१ म शुरु भएको हो ।

कार्यक्रममा बोल्दै डिस्ट्रिक्ट डाइरेक्टर डिटिएम अङ्कुर यादवले भन्नुभयो “एक कुशल नेता ले सङ्गठनप्रति प्रतिबद्धता, समाजप्रति कृतज्ञता र आफूप्रति सचेत रहन सक्नु पर्छ । हरेक वर्ष हामी ले नयाँँ प्रेरणा को साथ काम गर्नु पर्छ र यस वर्ष केही नयाँँ सिक्दै , आफु मा सकरात्मक परिवर्तन ल्याउँदै र आफु लाई सुधार्दै अघि बढ्नु पर्छ ।

सोही उत्प्रेरणालाई निरन्तरता दिँदै पूर्व डिस्ट्रिक डाइरेक्टर डि टि एम रन्जित आचार्यले नेतृत्व वर्गलाई सम्बोधन गर्दै भन्नु भयो “नेता हुनु भनेको सबै भन्दा उत्कृष्ट हुनु होइन कि हिजो को आफु भन्दा आज को आफु सुधारिनु हो । र तपाईं को प्रतिस्पर्धा अरु कोही नभएर तपाईं को विगत हो । यसमा सफल हुन को लागि तपाईं मा जिम्मेवार बोध हुनु प¥यो , चनाखो हुनु प¥यो , सँधै केही न केही गरी रहनु प¥यो र आफु ले जे गरेको छ त्यसमा रमाउन सक्नु प¥यो ।

तालिम समारोहमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार तथा बलिउडमा पनि आफ्नो प्रभुत्व जमाउन सफल प्रतिष्ठित कलाकार सुनिल थापाले प्रमुख अतिथिका रूपमा तालिमकर्तालाई सम्बोधन गरेका थिए । टोस्टमास्टर्स समुदायले समयप्रति देखाएको प्रतिबद्धता, व्यवस्थापन र व्यावसायिकताको प्रशंसा गर्दै उनले यो सिप व्यक्तिगत र व्यवसयिक जीवन मा पनि लागु गर्न सके धेरै प्रगती गर्न सकिने बताउनु भयो ।

डिस्ट्रिक्ट ४१ का प्रोग्राम क्वालिटी डिरेक्टर तथा कार्यक्रमका अध्यक्ष डि टि एम सुमन शाक्यले ज्युले कोभिडपछिको नौलो समयलाई इङ्गित गर्दै आफ्नो स्वागत मन्तव्यमा भन्नु भयो ‘हामी टोस्टमास्टर्सहरुले एक कुशल नेतृत्वको रुपमा नयाँ नयाँ चुनौती हरुलाई सामना गर्न सिक्नु पर्छ र यसको मन्त्र भनेको राइज रि बिल्ड र रि भाइभ हो ।

साथै, डिस्ट्रिक्ट ४१ का डि टि एम क्लब ग्रोथ डिरेक्टर मून प्रधान र उनको समूहले तालिम कार्यक्रम को नेत्रित्व गर्नु भएको थियो . तालिम मा टोस्टमास्टर्सको बजार प्रबद्र्धन गर्न, नयाँ क्लबहरू खोल्न तथा बिषय लाई पनि प्राथमिकता दि इ एको थियो

तालिम कार्यक्रम अन्तर कृयात्मक हुनु को साथै डिस्ट्रिक्ट ४१ का नव निर्वाचित डिस्ट्रिक्ट अफिसर हरु को लागि अत्यन्तै जानकारी मुलक रहेको सहभागि हरु ले बताए । । भारत बाट आएका ६२ जना सहभागीले पनि नेपालीहरूको आतिथ्यको खुलेरै प्रशंसा गरेका थिए ।

prabhu mahalaxmi
kumari