stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

साउन १९ गतेदेखि लक्ष्मी क्यापिटलले खुलामुखी म्युचुअल फन्ड योजना निष्कासन गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लक्ष्मी क्यापिटलले साउन १९ गतेदेखि खुलामुखी म्युचुअल फन्ड योजना बिक्री खुला गर्ने भएको छ ।

क्यापिटलले ‘शुभ लक्ष्मी कोष’ को कुल ५ करोड इकाई निष्कासन गर्न लागेको हो । जसमध्ये ७५ लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ ।

बाँकी ४ करोड ७५ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई बिक्री खुला गर्न लागिएको योजना व्यवस्थापक लक्ष्मी क्यापिटलले जनाएको छ ।

लक्ष्मीको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो खुलामुखी योजना हो । यसमा साउन २३ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त समयमा सबै इकाई बिक्री नभएमा भदौ २ गतेसम्म खुला रहनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।

न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।

prabhu mahalaxmi
kumari