stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनआइसी एसिया लघुवित्तले नाफा बढायो 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआइसी एसिया लघुवित्तले गत आर्थिक वर्षको अन्तिम त्रैमासमा अधिकांश सूचकमा प्रगति गरेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा यसको खुद नाफा २४.४९ प्रतिशत ले बढेर ५८ करोड ५६ लाख ३६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४७ करोड ४ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार भएपछि खुद नाफा पनि वृद्धि हुन सहयोग पुगेको हो ।

संस्थाको खुद ब्याज आम्दानी ४३.३६ प्रतिशत ले बढेर १ अर्ब ४९ करोड ५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ३ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

सञ्चालन नाफा पनि ३१.७३ प्रतिशत ले बढेर ९२ करोड ९३ लाख रुपैयाँ पुगेको छ । यसले १६ अर्ब ३१ करोड ७ लाख बराबारको कर्जा सापट लिएको छ ।

असार मसान्तसम्म आइपुग्दा एनआइसी एसिया लघुवित्तको रिजर्भ कोष पनि सुधार भएको छ । यसको कस्ट अफ फन्ड केही बढेको छ । खुद नाफा बढेसँगै प्रतिसेयर पनि आम्दानी ६ रुपैयाँ ६३ पैसाले बढेर ३३ रुपैयाँ ६७ पैसा पुगेको छ ।

prabhu mahalaxmi
kumari