stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको आइपीओ बाँडफाँट

कम्पनीले असार २९ गतेबाट साउन १ गतेसम्म कुल २३ लाख ६६ हजार २४० कित्ता आइपीओ जारी गरेको थियो ।

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको आइपीओ आज साउन ९ गते सोमबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथा मार्फत कुल २ लाख १७ हजार ६९४ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् ।

उनिहरु सबैले १० कित्ताका दरले सेयर पाएका हुन् । यो आइपीओमा कुल १४ लाख ९१ हजार ७२२ जनाले आवेदन दिएकामा १ हजार ४२४ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ ।

कम्पनीले असार २९ गतेबाट साउन १ गतेसम्म कुल २३ लाख ६६ हजार २४० कित्ता आइपीओ जारी गरेको थियो ।

जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात् ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।

साथै, राप्ती हाइड्रोको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ । नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

prabhu mahalaxmi
kumari