stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

त्रिवि परीक्षा प्रकरणः नयाँ छानबिन समिति गठन गर्न नेविसंघको माग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकायका परीक्षामा लापरबाही भएको भन्दै नयाँ छानबिन समिति गठन गरी छानबिन अघि बढाउन माग गरेको छ ।

नेविसंघले विज्ञप्ति जारी गर्दै त्रिवि व्यवस्थापन संकायका परीक्षामा व्यवस्थापन संकायकै प्राध्यापकको लापरबाही देखिएको भन्दै नेविसंघले  नयाँ  छानबिन समिति गठनको माग गरेको छ ।

व्यवस्थापन संकायको परीक्षामा भएको लापरबाही छानबिन गर्न व्यवस्थापन संकायकै प्राध्यापक राखिएकोले विश्वसनियताको प्रश्न उठेको नेविसंघले बताएको छ ।

बीबीएतर्फ असार २२ र २४ मा भएका परीक्षा र विगतमा पनि पटक–पटक परीक्षामा गैरजिम्मेवार र लापरबाहीपूर्ण कदमप्रति  संलग्नलाई कारबाही गर्न  नेविसंघले विज्ञप्ति निकालेर माग गरेको छ ।

नेविसंघ नेताहरू दीपक ओझा, सन्तोष श्रेष्ठ, सरोज तिमिल्सिना, विवेक लामा, नवीन पौडेल, राजेश काफ्लेले विज्ञप्ति निकालेर नया छानबिन समिति गठन गर्न माग गरेका छन् । उनीहरू वार्ता समिति प्रतिनिधि पनि हुन् ।

prabhu mahalaxmi
kumari