stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गरिमा विकास बैंकको मोबाईल बैकिङ्ग एपलाई नयाँ ओम्नी च्यानल डिजिटलमा स्तरोन्नति

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गरिमा विकास बैंकले आजको डिजिटल युगमा प्रविधिको विकास र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै थप सेवा सुविधा सहित पुरानो मोबाईल बैकिङ्ग एपलाई नयाँ ओम्नी च्यानल डिजिटलमा स्तरोन्नति गरेको छ ।

यससँगै, अब यस विकास बैंकको मोबाईल बैकिङ्ग एपको नाम ‘गरिमा स्मार्ट’बाट परिवर्तन भई ‘डिजि बटुवा’ भएको छ । ‘डिजि बटुवा’ अन्तर्गत यस विकास बैंकका ग्राहकहरुले ‘एपमा पनि, अनि वेबमा पनि’ एउटै युजरनेम र पासवर्ड प्रयोग गरि विभिन्न सुविधाहरु जस अन्तर्गत सजिलै पैसा ट्रान्सफर, विभिन्न बिल भुक्तानीहरु (जस्तैः विजुलीको विल, टेलिफोनको विल, ईन्टरनेटको विल, ट्राफिक चिट आदि), मोबाईल टप–अप, बैंक ईस्टेटमेन्ट, चेक ईस्टेटमेन्ट रिक्वेस्ट, क्यु.आर. पेमेन्ट ईत्यादिको सजिलै प्रयोग गर्न सक्नेछन् ।

साथै, स्तरोन्नती पश्चात यस विकास बैंकको मोबाईल बैकिङ्ग एप ‘डिजि बटुवा’ अझ बढि सुरक्षित एवं ग्राहकमैत्री भएको छ ।

यस विकास बैंकका ग्राहकहरुले सजिलै प्लेस्टोर तथा एपस्टोरबाट यो एप डाउनलोड गरि प्रयोग गर्नसक्नुहुनेछ । यस विकास बैंकले ग्राहकमैत्री प्रविधिहरु भित्राउने क्रममा पछिल्लो वर्ष पनि विना चेकबुक शाखाबाट मोबाईल बैकिङ्ग मार्फत पैसा निकाल्न मिल्ने गरिमा स्मार्ट टेलर लिएर आएको थियो ।

हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।

prabhu mahalaxmi
kumari