stcnepal long ad
global ime bank long

मुक्तिनाथ विकास बैंकले पायो उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्रतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड पाएको छ । विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्र तर्फ आर्थिक वर्ष २०७७/०७८ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरेवापत नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (एक्यान) को तर्फबाट बैंकले सो अवार्ड पाएको हो ।

यो पुरस्कारबाट मुक्तिनाथ विकास बैंक आर्थिक वर्ष २०७५/०७६ , २०७६/०७७ र २०७७/०७८ गरी लगातार तीन पटक पुरस्कृत भएको हो ।

एक्यानले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान प्रणाली मार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई अवार्ड प्रदान गर्दै आएको छ ।

मुक्तिनाथ विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्क मा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

IME Lifesidebar
kumari