stcnepal long ad
global ime bank long

१५ शैय्याको अन्तर्राष्ट्रिय अस्पताल ठमेलमा खुल्यो 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौैँका ठमेलस्थित गल्कोपाखामा ओभरसिज फ्रेण्डसिप इन्टरनेशनल हस्पिटल सञ्चालनमा आएको छ।

शुक्रबार एक कार्यक्रमका बीच १५ बेडको उक्त अस्पतालको उद्घाटन ओभरसिज चाइनिज एसोसिएसनका अध्यक्ष जिन सियाओ डोङ र चिनिया उद्यमी संघका उपाध्यक्ष झु छिङ जुनलले गरेका हुन्।

नेपालमा भएका विदेशी नागरिकको उपचारका लागि अस्पताल सञ्चालनमा आएको अस्पतालका मेडिकल डाइरेक्टर डा। प्रशान्त मण्डलले बताए।

‘यहाँ सबै विदेशीको उपचार गर्नेछौँ। तर अस्पतालका ‘ओनर’ चाइनिज सिटिजन भएका कारण अलि बढी लिङ्क चाइनिजको हुन सक्छ। तर अस्पतालमा नेपालीलाई पनि उत्तिकै प्राथामिकतासाथ साथ उपचार गरिने छ।

हामी विदेशी तथा नेपाली नगारिकलाई राम्रो सेवा दिनका लागि सातै दिन २४ घण्टा तयार छौँ’, उनले भने, ‘फेरि ओभरसिज भन्नाले चाइनिज मात्रै हुदैन। सबै विदेशी र नेपाली नागरिकका लागि यो अस्पताल सञ्चालनमा आएको हो।’

थोरै लागतमा प्रभावकारी उपचार सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा आएको उनले बताए।
डा. मण्डलका अनुसार विदेशी नागरिकका उपचारका लागि चर्को शुल्क तिर्न बाध्य भइरहेका छन्।

उनले भने, ‘अन्य अस्पतालहरुमा विदेशी नागरिकलाई अलि बढी शुल्क लिने चलन छ। नोपली विरामीको भन्दा ४र५ गुणा बढी शुल्क लिने गरिन्छ। त्यो शुल्क हामीले घटाएर नेपालीलाई लिने शुल्क भन्दा धेरैमा १।५ गुणाले बढी हुने छ। अस्पतालले अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा दिने छ।’

यस्तै १५ शैयाबाट बिरामीको माग अस्पताल बढाउदै लैजाने योजना अस्पतालको रहेको उनले बताए।

हाल अस्पतालमा ३० देखि ४० जना चिकित्सक, नर्स र अन्य कर्मचारीहरु रहेका छन्। ‘तर हामीले २० भन्दा बटी डाक्टरहरु ‘अन कल’मा राखेका छौँ’, डा. मण्डलले भने।
अस्पतालले उद्घाटनमा आएका सबैलाई निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था समेत गरेको थियो।

IME Lifesidebar
kumari