stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पर्यटन पुनरूत्थान कार्यक्रम घोषणा गरिन्छ : पर्यटनमन्त्री श्रेष्ठ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन उद्योगलाई सुधार गर्न चाँडै पर्यटन पुनरूत्थान कार्यक्रम घोषणा गर्ने बताउनु भएको छ ।

बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको सिमफोजिम पार्टनरसिप रेजिलेन्ट टूरिजम कार्यक्रममा बोल्नुहुँदै मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरुसँग पर्यटन पुनःउत्थानको लागि गर्नुपर्ने सुझाव लिइसकेकाले सो आधारमा पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने तयारी मन्त्रालयले गरेको बताउनुभयो ।

उहाँले पर्यटन पुनरुत्थान कार्यक्रम घोषणाले कोरोना महामारीबाट थला परेको पर्यटन उद्योगको सुधार र प्रर्यटन प्रवर्द्धन हुने दाबी गर्नुभयो ।

पर्यटन पुनरुत्थान कार्यक्रमलाई राष्ट्रिय अभियानको रुपमा नै अगाडि बढाउने मान्यतामा आफू रहेको उहाँको भनाइ छ ।

पर्यटनमन्त्री श्रेष्ठले अर्थतन्त्रमा आइपरको कठिनाई तथा भविष्यमा आउने कठिनाइलाई समेत अनुमान गरेर प्रर्यटन उद्योगलाई कम प्रभाव पार्ने गरी पर्यटन क्षेत्रको दिगो विकास गरी पर्यटकबाट बढीभन्दा बढी आयआर्जन गर्ने र रोजगारी सिर्जना कसरी गर्ने विषयमा मन्त्रालय गम्भीर रहेको बताउनुभयो ।

कोभिड महाकारीको कारण पर्यटन क्षेत्रमा आएको शिथिलता एवम् कठिनाइका बाबजुद पनि पर्यटन उद्योगलाई आन्तरिक पर्यटनले निकै टेवा पु(याएको उहाँले औंल्याउनुभयो ।

मन्त्री श्रेष्ठले अब आन्तरिक पर्यटकलाई समेत समग्र पर्यटकको दिगो विकासको आधार स्तम्भको रुपमा विकास गरी पर्यटन क्षेत्रको विकास गर्ने अवधारणा बनाउन आवश्यक रहेको बताउनुभयो ।

नेपालले भारत, चीन, बङ्गलादेशलगायतका छिमेकी देशहरुबाट आउने पर्यटकको प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई सुदृढ बनाउन आवश्यक देखिएको भन्दै मन्त्री श्रेष्ठले सार्क देशहरुबाट गुणस्तरीय पर्यटन आगमन एवम् क्रस बोर्डर पर्यटनका लागि समेत अधिक प्रयास गर्नु आवश्यक रहेको बताउनुभयो ।

prabhu mahalaxmi
kumari