stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिंगापुरले श्रीलंकाका पूर्वराष्ट्रपति राजपाक्षेलाई देश छाड्न आदेश

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । श्रीलंकाबाट भागेर माल्दिभ्स हुँदै सिंगापुर पुग्नुभएका श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजपाक्षेलाई सिंगापुरले देश छाड्न आदेश दिएको छ ।

सिंगापुरको विदेश मन्त्रालयले राजापाक्षेलाई तत्कालका लागि शरण दिइएको भएपनि उहाँलाई राजनीतिक शरण दिन नसकिने भन्दै देश छोड्न आदेश दिएको हो ।

आर्थिक संकटले निम्त्याएको समस्या समाधान गर्न असफल भएपछि पूर्वराष्ट्रपति राजपाक्षेको सपरिवार नै देशबाट भागेको थियो।

गत बिहिबार सिंगापुर पुगेर पदबाट राजीनामा दिनुभएका पूर्वराष्ट्रपति राजपाक्षे अब कता जानुहुन्छ भन्ने जिज्ञासा बढेको छ।

उहाँविरूद्ध सिंगापुरमा थुप्रै मुद्दा चलाउन सकिने आधार रहेकाले पूर्वराष्ट्रपति राजपाक्षे अरू कुनै सुरक्षित देशमा जान सक्ने अनुमान गरिएको छ । यता, श्रीलंकामा बुधबार नयाँ राष्ट्रपति चयन गरिने भएको छ ।

prabhu mahalaxmi
kumari