stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नवलपुरघाटस्थित सुनकोसी नदीमाथिको पक्की पुल निर्माण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

ओखलढुङ्गा । सिन्धुलीको फिक्कल र ओखलढुंगाको चम्पादेवी गाउँपालिका जोड्ने नवलपुरघाटस्थित सुनकोसी नदीमाथिको पक्की पुल निर्माण सम्पन्न भएको छ ।

अघिल्लो वर्ष यसै समयमा ढलान हुँदै गरेको पुल बाढीले भत्काइदिएपछि यसवर्ष पुनस् निर्माण भएर पुल सम्पन्न भएको हो ।

२ सय १० मिटर लामो यो पुल २०७४ सालमा ठेक्का लागेको थियो । करिब २३ करोडको लागतमा सडक डिभिजन कार्यालय मार्फत् चुँदी कन्ट्रक्सनले पुल निर्माणको गरेको हो ।

बहुप्रतीक्षित यो पुल सम्पन्न भए पनि उद्घाटन हुन भने बाँकी छ । पुलका कारण ओखलढुंगाको चम्पादेवी र लिखु गाउँपालिकाका बासिन्दालाई राष्ट्रिय राजमार्गसँग जोडिएर आवतजावत गर्न सहज हुने भएको छ ।

prabhu mahalaxmi
kumari