stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

 साउन ४ गतेदेखि श्वेत गंगा हाइड्रोपावरले आइपीओ खुला गर्ने

कम्पनीले २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साउन ४ गते बुधबारदेखि श्वेत गंगा हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

यस अनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २३ लाख ८९ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गर्ने छ । यो मध्ये ५ प्रतिशत अर्थात् १ लाख १९ हजार ४७५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

बाँकी २२ लाख ७० हजार २५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा साउन ८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन १८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यसमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी कियर नेपालले श्वेत गंगाको आइपीओलाई ‘कियर एनपी डबल बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

prabhu mahalaxmi
kumari