stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अमेरिकाको मलमा चल्यो गोलीस् कम्तीमा ३ जनाको मृत्यु, तीन घाइते

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

न्युयोर्क । अमेरिकाको इन्डियाना राज्यको एउटा मलमा भएको बन्दुक हमलामा कम्तीमा तीन जनाको मृत्यु भएको छ। आइतबार भएको सो हमलामा अन्य तीन जना घाइते भएका छन्।

‘आइतबार साँझ ग्रीनवुड पार्क मलमा सामूहिक गोलीबारी भएको छ’, ’ ग्रीनवुड, इन्डियानाका मेयर मार्क मायर्सले एक विज्ञप्तिमा भने, ‘आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ र अन्य तीन घाइते छन्।’ सुरक्षाकर्मीको जबाफी फायरमा आक्रमणकारी मारिएको उनले बताए।

ग्रीनवुड पुलिसले आफ्नो फेसबुक पेजमा उक्त घटनाका प्रत्यक्षदर्शीलाई आवश्यक जानकारीका साथ विभागमा सम्पर्क गर्न अनुरोध गरेको छ। यो आक्रमण अमेरिकामा बन्दुक हिंसाको लहरमा सबैभन्दा पछिल्लो घटना हो, जहाँ बन्दुक आक्रमणमा हरेक वर्ष ४० हजार जनाको मृत्यु हुन्छ।

जुलाई ४ मा शिकागोस्थित एउटा परेडमा अन्धाधुन्द गोली चलाउँदा ७ जनाको मृत्यु हुनुका साथै कम्तीमा तीन दर्जन घाइते भएका थिए। आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको एउटा समितिले हतियारमाथि प्रतिबन्ध लगाउने विधेयकमा २० वर्षमा पहिलो पटक यसै साता मतदान गर्ने तयारी गरेको छ।

prabhu mahalaxmi
kumari