वैदेशिक रोजगार कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । वैदेशिक रोजगार कसूर मुद्दाका फरार प्रतिवादी चितवन कालिका नगरपालिका(८ बस्ने ४६ वर्षीय श्रीकृष्ण घिसिङ्ग तामाङ्लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगार संचालन गर्ने अनुमति नै नपाएका घिसिङ्गले आकर्षक रोजगारका लागि राम्रो पारिश्रमिकमा इजरायल, जापान लगायतका मुलुकहरूमा पठाई दिने झुट्टा आश्वासन देखाई पीडितहरूबाट विभिन्न मितिमा रकम प्राप्त गरी ठगी गरेको वैदेशिक रोजगार कसूरका ३ थान मुद्दामा सर्वोच्च अदालतबाट २०७७ चैत १७ गते ६ वर्ष कैद र ६ लाख रूपैयाँ जरिवाना ठहर भएको थियो ।
उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं कलंकीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ ।

























