stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

बाजुरा । लगातार तीन दिनदेखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो ।

अम्कोटको पहिरोले थप समस्या भएको छ । तलबाट सडक भासिएको छ भने माथिबाट ढुङ्गा खस्न थालेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो । राजमार्गको बार्जुगाड, अम्कोट, तपाडा, पानी नाउला, ओलेनालगायत ठाउँमा वर्षाका कारण पहिरो आउने क्रम जारी छ ।

 

 

पहिरो पन्छ्याउनका लागि नेपाल प्रहरीको टोली खटाएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । हरेक वर्ष वर्षाका कारण सडक अवरुद्ध हुँदा स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ । वैकल्पिक सडक नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य सामग्रीको मूल्य वृद्धि हुँदै गएको छ । रासस

prabhu mahalaxmi
kumari