stcnepal long ad
global ime bank long

सर्वसाधारणका लागि खुला भयो हङकङ दरबार सङ्ग्रहालय

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र ९एचकेएसएआर० को ‘वेस्ट काउलून कल्चरल डिस्ट्रक्ट’स्थित हङकङ दरबार संग्रहालय आइतबारदेखि सर्वसाधारणका लागि खुला भएको छ।

सुरुको प्रदर्शनीहरूमा बेइजिङको दरबार सङ्ग्रहालयले संकलन गरेको ९०० भन्दा बढी प्राचीन, सांस्कृतिक तथा सार्वजनिक महत्त्वका सामग्रीहरूलाई देखाइनेछ। यसमध्ये केही सामग्री हङकङमा पहिलो पटक प्रदर्शन भइरहेका छन्।

सुरुको प्रदर्शनीको सुरुको चार हप्ताका लागि करिब एक लाख ४० हजार टिकटमध्ये ८० प्रतिशत टिकट बिक्री भइसकेको सङ्ग्रहालय प्रशासनले जनाएको छ।

हङकङ सरकारको संस्कृति, खेलकुद र पर्यटनमन्त्री केभिन योङले भने, ‘सङ्ग्रहालयले चीनको असल इतिहास (कथा) सुनाउन हङकङको आफ्नै सांस्कृतिक विषयबाट पनि लाभ लिनेछ।’

सङ्ग्रहालयले सामान्य प्रवेशको मूल्य ५० हङकङ डलर (लगभग ६.३७ अमेरिकी डलर) तय गरेको छ भने विशेष प्रदर्शनी टिकट १२० हङकङ डलर (१५.२९ अमेरिकी डलर) तय गरेको छ।

संग्रहालय उद्घाटनको पहिलो वर्षका सबै बुधबार सबैका लागि प्रवेश निःशुल्क गरिनेछ। साथै संस्थागत तथा अन्य संगठनहरूले एक लाख ५० हजार सामान्य प्रवेश टिकट कम विशेषाधिकार प्राप्त समूहहरूलाई वितरणका लागि प्रायोजित गर्ने संग्रहालयले बताएको छ।

IME Lifesidebar
kumari