stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अब कनेक्ट आईपीएस मार्फत नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्न सकिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २९, २०७६ शनिबार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) विभिन्न Digital Payment System बाट भुक्तानी सुविधा दिँदै आएकोमा अब Connect IPS मार्फत पनि Online भुक्तानी गर्न सकिने छ । Connect IPS मा आवद्ध कुनै पनि बैंकको खाता मार्फत घरमै बसी बसी आफ्नो बीमा शुल्क भुक्तानी गर्न सकिने भएको हो  ।

कम्पनीको शाखा÷उपशाखा कार्यालयमा गई आफ्नो प्रिमियम भुक्तानी गर्दै आउनुभएका सेवाग्राहीहरुले अब सहज र सरल तरिकाबाट Connect IPS मार्फत Online भुक्तानी गर्न सक्नुहुनेछ । जुनसुकै समयमा जहाँसुकैबाट Online भुक्तानी गर्न सकिने यो सेवाले बीमितहरुको समयको बचत हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफले आप्mना सेवाग्राहीहरुलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ । यस अघि नै नेपाल लाइफको प्रिमियम Digital Wallet हरु e-Sewa तथा Prabh Pay  बाट Online भुक्तानी भइरहेको छ ।

त्यस्तै Fone Pay मार्फत आफ्नो बैंक खाता Connect गरी र Nepal Investment Bank को Internet Banking मार्फत Online भुक्तानी भइरहेको समेत कम्पनीले जनाएको छ । नेपाल लाइफले अन्य Digital Payment System बाट पनि बीमा शुल्क भुक्तानीको व्यवस्था गर्दै जाने जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।

prabhu mahalaxmi
kumari