stcnepal long ad
ime life insurance
global ime bank long

एनएमबि बैंकले बागमती प्रदेश सरकारलाई १०० थान पीपीई हस्तान्तरण

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल चैत्र २८, २०७६ शुक्रबार

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले बागमती प्रदेश सरकारलाई १०० थान पीपीई हस्तान्तरण गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई बैंकले शुक्रबार हस्तान्तरण गरेको हो ।

बैंकका बागमती प्रदेश कार्यलयका प्रमुख दुर्गाराम पुरी र हेटौंडा शाखा प्रमुख गोकर्णबहादुर कार्कीले मुख्यमन्त्री पौडेललाई पीपीई हस्तान्तरण गरेका हुन् ।

यसैगरी पीपीई सेट सङ्गै एन ९५ मास्क १०० थान र १०० एम एल बोतलका १०० थान सेनेटाईजर पनि हस्तान्तरण गरिएको हो । सातवटै प्रदेशलाई १००-१०० थान पीपीई र कोरोना भाईरस नियन्त्रणको केन्द्रिय कोषमा १ करोड ५१ लाख हस्तान्तरण गरिएको प्रदेश कार्यालयका प्रमुख पुरीले जानकारी दिए ।

कोरोनाबाट सुरक्षीत भएर काम गर्न स्वास्थ्यकर्मीलाई यसले सहयोग पुग्ने पुरीले बताए । मुख्यमन्त्री पौडेलले प्राप्त भएका पीपीईहरु शुक्रबार नै स्वास्थ्य तथा आपूर्ति ब्यबस्था कार्यालयमा पठाइएको जानकारी दिए ।

कार्यालय मार्फत एकद्वार प्रणालीअनुसार नै सो पीपीई आबश्यकता अनुसार अस्पतालहरुमा पठाईने बताए । अप्ठ्यारो समयमा सहयोग गरिएको प्रति मुख्यमन्त्री पौडेलले धन्यवाद व्यक्त गरे ।

prabhu mahalaxmi
kumari