stcnepal long ad
global ime bank long

अग्रवाललाई छुटाउन मैले दवाव दिएको छैनः उद्योग राज्यमन्त्री दुगड

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २८, २०७६ शुक्रबार

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवाललाई छुटाउन आफूले भूमिका खेलेको भनी विभिन्न सञ्चार माध्यममा आएको समाचारको खण्डन गरेको छ ।

उनले केही सञ्चारमाध्यममा आए जस्तो निज अग्रवाललाई कानूनी कारवाहीबाट जोगाउन आफूले कुनै भूमिका निर्वाह नगरेको प्रेस विज्ञप्ति मार्फत प्रष्ट पारेको हो ।

हाल कोभिड–१९ जस्तो महामारीले विश्व आक्रान्त परेका अवस्थामा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारीमा रहेको आफ्नो प्रमुख दायित्व आपूर्ति व्यवस्थालाई सहज बनाउने हो भन्ने प्रष्ट गर्दै उहाँले जुनसुकै अवस्था  पहुँचमा भएको व्यक्ति वा निकाय भए पनि यदि कसैले यस्तो मानवीय संकटका समयमा कुनै प्रकारको गैरकानूनी काम कारवाही गरेमा त्यसलाई कानून बमोजिम कडाभन्दा कडा कारबाही हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताए ।

“सुलभ अग्रवालको सन्दर्भमा पनि पक्राउ पश्चात् के भएको हो, त्यसबारे सत्यत थ्य बुझ्ने प्रयास गरेको हुँ, जुन मेरो पदीय जिम्मेवारी पनि हो तर निजलाई छुटाउने उद्देश्यले मैले कसैलाई भेटघाट, भनसुन र दबाब नदिएको कुरा प्रष्ट पार्दै ती समाचारहरुको खण्डन गर्न चाहन्छु ”, आज अपराह्न प्रकाशित विज्ञप्तिमा भनिएको छ ।

यस्तो विषम परिस्थितिमा कालोबजारी गर्नेलाई कानून बमोजिम कडाभन्दा कडा कारबाही गर्नुपर्छ भन्ने आफ्नो पहिलेदेखिकै धारणा रहेको बताउँदै राज्यमन्त्री दुगडले विश्वव्यापी महामारीको विषम परिस्थितिमा खटिइरहेको जिम्मेवार व्यक्तिमाथि कुनै तथ्यविना भ्रामक समाचार सम्प्रेषण गरेर अवाञ्छित लाञ्छना लगाउने कार्य नगरी जिम्मेवार सञ्चारकर्मीको भूमिका निर्वाह गर्न समेत उनले सबैलाई अनुरोध गरेको छ ।

IME Lifesidebar
kumari