citizens life insurance long ad
stcnepal long ad

असारमा निक्षेपको ब्याजदर स्थिर रहने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । वाणिज्य बैंकहरुले २०७९ असारमा पनि निक्षेपको ब्याजदर नबढाइ व्याजदरमा स्थिरता कायम राख्ने भएका छन् ।

ब्याजदर बढाउँदा पनि थप निक्षेप नआउने निष्कर्षका आधारमा बैंकहरुले २०७९ असार महिनाका लागि ब्याजदर स्थिर राख्ने निर्णय गरेका छन् ।

 

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले जेठ महिनाकै ब्याजदरलाई असारमा पनि निरन्तरता दिने सहमति गरेको बुझिएको छ ।

संघका अध्यक्ष अनिल उपाध्यायले बैंकहरुबीच ब्याजदर नबढाउने मौखिक सहमति भएको बताएका छन । उनले भनेका छन–‘आधिकारिक रुपमा भने भोली निर्णय हुन्छ ।’

अहिले वाणिज्य बैंकहरुले साधारण मुद्दतिमा ११.०३ प्रतिशत ब्याज दिँदै आएका छन् भने संस्थापक निक्षेपमा १०.०३ प्रतिशत र रेमिटेन्स निक्षेपमा १२.०३ प्रतिशत ब्याज दिँदै आएका छन् । सहमति अनुसार यहि ब्याजदर असार महिनामा पनि नि,न्तर कायम रहने भएको छ ।

IME Life
kumari