अन्नपूर्ण केवलकारमा लुम्बिनी विकास बैंकका ग्राहकले छुट पाउने
काठमाडौं । अन्नपूर्ण केवलकारमा लुम्बिनी विकास बैंकका ग्राहकले पोखराको छुट पाउने भएका छन् । बैंक र अन्नपूर्ण केवलकारबीच भएको सम्झौता अनुसार लुम्बिनी विकास बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।
सो सम्झौतामा अनुसार लुम्बिनी विकास बैंकका ग्राहकहरुले डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरि अन्नपूर्ण केबुलकारको टिकट लिँदा १० प्रतिशत छुट पाउने छन् ।
पोखराको सेदी देखी सारङकोटसम्म सञ्चालनमा आएको केबुलकार पर्यटकको आकर्षक गन्तब्य बनेको छ । लुम्बिनी विकास बैंकले हाल ८६ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।























