stcnepal long ad
global ime bank long

लकडाउनमा बाछाबाछीको संरक्षण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २६, २०७६ बुधबार

काठमाडौ । उपत्यकालाई असहाय बाछाबाछी मुक्त बनाउने उदेश्य सहित असहाय बाछाबाछीको खोजीमा आज चैत्र २६ गते चक्रपथलाई एक चक्कर मार्दा ८ वटा असहाय बाछाबाछीको उद्धार गरिएको छ ।

पशुपती क्षेत्र बिकास कोष, एसपिसिआई लगायतका संस्थासंगको सहकार्यमा वाग्मती प्रदेश स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र समेतको सहभागितामा काठमाडौंको गौशालाबाट पशु उद्धार एम्बुलेन्स सहित गरिएको यात्राका क्रममा बल्खु पुलबाट २ वटा तथा स्वयम्भुबाट ५ वटा र बालाजु बसपार्क नजिकबाट १ वटा असहाय बाछाको उद्धार गरिएको छ ।

उद्धार कार्यमा पशुपती क्षेत्र बिकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल, एपिसिईका अध्यक्ष बिकेश श्रेष्ठ तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख नारायण श्रेष्ठ तथा समाजसेवी आशिष प्रसाईं समेतको सहभागिता रहेको थियो ।

उपत्यकाभित्र रहेका सबै असहाय बाछाबाछीको उद्धार गर्ने र त्यसपछि सडकमा आउने जतिपनि बाछाबाछीको जिम्मेवारी स्थानीय नगरपालिकाले ब्यहोर्न आग्रह गर्दै प्रारम्भ गरिएको यस उद्धार कार्यमा सबैको साथ र सहयोगका लागि आग्रह गरिएको छ ।

परिवर्तन सम्भव छ तर परिवर्तनको प्रारम्भ आफैंबाट हुनुपर्छ भन्ने मान्यता सहित ३ सय २४ दिन अगाडि प्रारम्भ भएको असहाय बाछाबाछी संरक्षण अभियान यसबखत एक कदम अघि बढ्दै उपत्यकाभित्र रहेका ३ हजार असहाय बाछाबाछीको संरक्षणको तयारीमा अघि बढ्दै गरेको अवस्थामा स्थानीय नगरपालिका तथा वडाहरुका तर्फबाट नैतिक र भौतिक सहयोगको अपेक्षा समेत राखिएको छ ।

हामी सबैको सत्प्रयासले यो कर्म सम्भावना तर्फ अघि बढ्ने बिश्वास लिएको संस्थाका अध्यक्ष उत्तम पुडासैनीले बताएका छन् । आआफ्नो क्षेत्रमा रहेका असहाय बाछाबाछीका बारेमा जानकारी गराई संस्थालाई सहयोग गर्न समेत सबैमा आग्रह गरिएको छ ।

IME Lifesidebar
kumari