आजेदेखि एन्फा नेतृत्वको लागि उम्मेदवारी घोषणा
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय आज शुक्रबारदेखि शुरु भएको छ । एन्फाको केन्द्रीय निर्वाचनका लागि उम्मेदवारी दिने समय ६ दिनसम्म राखिएको छ ।
एन्फाको नेतृत्वको लागि हालका अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले उमेदवारी दिने तयारी गरेका छन्।
सोही विषयमा नेम्वाङले आज पत्रकार सम्मेलन गर्दैछन्। उक्त सम्मेलनबाटै उनले अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने तयारी छ। केन्द्रीय निर्वाचन ६ असारमा हुनेछ । एन्फाको चुनावका लागि देशभरका ४५ जिल्लासँग मताधिकार रहेको छ।
यस्तै, ए डिभिजनका १४, राष्ट्रिय लिगका लागि छनोट भएका चार क्लब, बी डिभिजनबाट ११ क्लब, चार संघ र सी डिभिजनका नौ क्लबसँग मताधिकार छ ।





















