citizens life insurance long ad
stcnepal long ad

शुक्रवार बिहानैदेखि काठमाडौं उपत्यका लगायतका धेरै ठाउँमा बिहानैदेखि वर्षा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। शुक्रवार बिहानैदेखि काठमाडौं उपत्यकालगायतका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम विभागका अनुसार नेपालमा चलिरहेको स्थानीय वायु र भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको समेत प्रभावले वर्षा भइरहेको हो।

अहिले प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू–भागहरूमा आंशिक देखी सामान्य बदलीको अवस्था रहेको विभागले जनाएको छ। आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

 

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र अन्य प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन ्चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आगामी २४ घन्टामा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र अन्य प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अपिल समेत गरेको छ ।

 

IME Life
kumari