stcnepal long ad
global ime bank long

स्वास्थ्य सामग्री खरिद प्रकरणमा नयाँ रहस्य, उपप्रधानमन्त्री पोखरेल र बिचौलिया शर्माको साँठगाँठ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल चैत्र २३, २०७६ आइतबारकाठमाडौं । कोरोना नियन्त्रण स्वास्थ्य सामग्री खरिदमा सरकारलाई झुक्याउन मुख्य भूमिका खेल्ने युवराज शर्माको परिवार रहेको रहस्य खुलेको छ । युवराजका भाइ दिराज शर्मा र चीनको ग्वाङजाओबाट सामान ल्याउने संस्था ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलका अध्यक्ष तुलहरिसिंह भुसाल सानेपास्थित आवासका छिमेकीहरू हुन् । यो आवास पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको २८ आना जग्गा खरिद गरेर बनाइएको हो ।

सानेपामा दिराज शर्मा र भुसालको नाममा ११ आना जग्गा पार्टनरसिपमा रहेको छ । कम्प्युटर यूपीएसका व्यापारी भुसाललाई स्वास्थ्य सम्बन्धी कुनै जानकारी छैन । सामान खरिद गर्नुअघि दिराजका दाइ युवराज र ओम्नीका अध्यक्ष भुसालबीच पटक–पक टछलफल भएको थियो ।

त्यसमा मुख्य भूमिका खेल्ने युवराजकी पछिल्ली श्रीमतीका दाजु रवीन्द्र श्रेष्ठले पनि सरकारलाई गुमराहमा राख्न सफल भएको देखिन्छ । मल्टिनेसनल विज्ञापन एजेन्सी सञ्चालनमा असफल रहेका श्रेष्ठ ज्वाइँ युवराजकै इसारामा चल्ने गरेका छन् ।

चाइनाबाट सामग्री ल्याउनुअघि युवराजका जेठान श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रमा रहेका कार्यकर्तालाई सहयोग गर्न शर्मामार्फत दबाब दिएका थिए । हिसानका वरिष्ठ उपाध्यक्ष रहेका युवराजले एउटै निर्वाचन क्षेत्रका व्यक्तिलाई सहयोग गर्नुपर्छ भन्दै कोरोना भाइरस (कोभिड–१९) को पहिचान, रोकथाम तथा उपचार समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रभावमा लिएर गलत सम्झौता गराउन सफल भए ।

कोरोना भाइरसको संक्रमण रोक्नका लागि अत्यावश्यक सामान खरिद गर्नुअघि उपप्रधानमन्त्री पोखरेल र प्रमका राजनीतिक सल्लाहकार विष्णु रिमालले तत्काल सामान खरिद गर्न प्रमलाई दबाब दिएको सो स्रोत उल्लेख गर्दछ ।

 

 ‘पछिल्लो समय प्रधानमन्त्रीका अति निकट भएर काम गर्न सफल उपप्रधानमन्त्री पोखरेल, ओम्नीका प्रवक्ताका रुपमा विभिन्न सञ्चारमाध्यममा बोल्दै हिँड्ने श्रेष्ठ, शर्मा दाजुभाइ र ओम्नीका अध्यक्ष भुसाल यस काण्डका मुख्य दोषी देखिन्छन्।’ –स्रोतको भनाइ छ ।

 

उपप्रमको ठाडो निर्देशनपछि सल्लाहकारको समेत दबाबमा रहेका प्रम ओलीले तत्काल ओम्नी समूहलाई सामग्री खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको थियो ।

ह्वाइट हाउस कलेज सञ्चालन गर्न नसकेपछि समस्यामा रहेका युवराज पछिल्लो समय प्रम ओलीको निकट भएको देखाउँदै ठेक्कापट्टा दिलाएर कमिसन कमाउने पेसामा छन् । चीनबाट स्वास्थ्य सामग्री ल्याउनुअघि मध्यरातमा फेसबुकबाट सामग्री लोड गरेको देखाउन भ्याएका शर्माले केही दिनअघि भएको कुराकानीमा आफू निर्दोष भएको बताउँदै आएका छन् ।

 

बिचौलियाको भूमिकामा रहेका शर्माले सामग्री ल्याउँदा आफ्नो एक रुपियाँ पनि लगानी गरेका छैनन् । लगानीजति सबै भुसालको हो । यहाँसम्म कि ग्वाङजाउबाट अन्य व्यवसायीको सामग्री ल्याउन खोज्दा इन्कार गरी तोकिएकोभन्दा कम सामग्री ल्याएका ओम्नीले विश्वका कुनै पनि मुलुकले स्वीकार नगरेका समान नेपाल भित्र्याएका छन् ।

यसअघि मन्त्रिपरिषद्लाई पेपरलेस बनाउने निर्णय गरिएपछि मन्त्रीहरुका लागि करिब १५ सय अमेरिकी डलर पर्ने म्याकबुक एयर (ल्यापटप) किन्ने टेन्डर पनि यही ओम्नी समूहले पाएको थियो । आईटीमा अनुभव भएको ओम्नीलाई सो ठेक्का पर्नु भने अस्वाभाविक थिएन, तर यसपटक स्वास्थ्य सामग्रीको ठेक्का पनि युवराजले कमिसनको लोभमा उसैलाई दिलाएपछि गडबढी सार्वजनिक भयो ।

गत चैत ११ गतेको उच्चस्तरीय समन्वय समितिको बैठकले १५ गतेभित्र अन्तर्राष्ट्रिय बजारबाट स्वास्थ्य उपकरण ल्याउन सक्ने निजीक्षेत्रका व्यापारीहरूलाई छलफलका लागि बोलाइएको थियो ।

ओम्नीलाई सामग्री ल्याउने विषयमा शर्माको टिम र उपप्रधानमन्त्री पोखरेलबीच सेटिङ गरिसकेपछि उपप्रधानमन्त्री पोखरेलले अन्य व्यापारीसँग बिहीबार नाम मात्रको छलफल गरेर शुक्रबार राति नै ओम्नीसँग सामान ल्याउने सम्झौता भयो । उपप्रधानमन्त्री र शर्मा दुवैको सेटिङ सफल भएपछि शुक्रबार नै पर्यटन मन्त्री योगेश भट्टराईलाई साक्षी राखेर नेपाल वायुसेवा निगमको विमान चीन पुगेको थियो ।

विवाद बढ्दै गएपछि सरकारले ओम्नीसँगको सम्झौता खारेज गरेको छ । अब विमानको भाडा कसले तिर्ने भन्ने विषयमा नै ठूलो समस्या देखिएको छ ।
ल्याइएको स्वास्थ्य सामग्री स्तरहीन भएको र विश्व स्वास्थ्य संगठनको मापदण्डसँग नमिल्न रहेको सम्बन्धित विषयका विज्ञहरुले जनाएका छन् । ईश्वरराज ढकाल, नेपाल समाचापत्रबाट

IME Lifesidebar
kumari