stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

ग्यास वितरण प्रभावकारी

Nimb long ad
Prabhu Insurance Long Ad
national life

आर्थिक सञ्जाल चैत्र २३, २०७६ आइतबार

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाना पकाउने ग्यास वितरण र व्यवस्थापनमा नेपाल आयल निगमले प्रभावकारी काम गरिरहेको बताउनुभएको छ । निगमले घुम्ती सेवाबाट ग्यास वितरण गरेपछि सरकारले ग्यास पु¥याउन सक्छ भन्ने सन्देश गएको उहाँको भनाइ छ ।
निगमले सञ्चालन गरेको घुम्ती सेवाको टेकुस्थित कार्यालयको शनिबार अनुगमन गरी मन्त्री भट्टले निगमको कामको सराहना गर्नुभएको हो । बन्दाबन्दीको समयमा सबैले ग्यास पाउन नसकेको गुनासो बढेपछि निगमले १२ वटा वर्गको पहिचान गरी घुम्ती सेवामार्फत घरमै ग्यास पु¥याउँदै आएको छ ।
चैत १८ गतेबाट सुरु गरेको घुम्ती सेवाले हालसम्म करिब नौ सय सिलिन्डर ग्यास वितरण गरिसकेको छ । ग्यास अभाव हुनेले फोन सम्पर्क गरेपछि घुम्ती सेवाले सोही स्थानमा ग्यास पु¥याउँदै आएको छ । ढुवानीको खर्च नलिई निगमले तोकेको मूल्यमा ग्यास वितरण गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।
उहाँका अनुसार बजारमा सहजै पहुँच बनाउन नसक्ने वर्गबाट अहिले ग्यास नपाइएको गुनासो आएको छैन । घुम्ती सेवा सञ्चालन भएपछि उपभोक्ता नठगिएको उहाँको भनाइ छ ।
विशेष वर्ग तथा क्षेत्रको पहिचान गरी निगमले घुम्ती सेवामार्फत ग्यास उपलब्ध गराउँदै आएको छ । निगमले १२ वटा वर्गको पहिचान गरी घुम्ती सेवा प्रदान गरेको छ । अशक्त, वृद्धाश्रम, अस्पताल, बालगृह, अनाथालय, कारागार, किरियाघर, पुनस्र्थापना तथा सुधारगृह, निःशुल्क भोजन गराउने सङ्घसंस्था, दीर्घरोगी, सरकारले तोकेका क्वारेन्टाइनहरू, गरिब तथा मजदुर कर्मचारीलाई घुम्ती सेवाबाट ग्यास वितरण गरिएको छ ।
सम्पर्कका लागि निगमले विभिन्न नम्बर सार्वजनिक गरेको छ । जसमा प्रत्यक्ष नम्बर ११४६ वा ०१—४२६२६००, ०१—४२६३४८५ वा मोबाइल नम्बर ९८५१२०१२६२, ९८५१०६७७२४ र ९८४७९५३१६३ मा सम्पर्क गरी ग्यास अडर गर्न सकिने जनाइएको छ । अर्डर गरेको केही छिनमै निगमले ग्यास उपलब्ध गराउँदै आएको छ ।

 

prabhu mahalaxmi
kumari