stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

चुनावमा देशैभर इन्टरनेट सेवा बन्द हुने चेतावनी, सरकारले सहयोग नगरेको आइस्पानको गुनासो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाण्डौ । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले अर्को हप्तादेखि नेपालभर इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएको छ ।

इन्टरनेट खरिद गरे वापत विदेशी कम्पनीलाई रकम तिर्नको लागि सरकारले असहयोग गरेका कारण पालिका चुनावको बेला इन्टरनेट बन्द हुन सक्ने आइस्पानले चेतावनी दिएको हो ।

‘राज्यका निकायहरु नै इन्टरनेट बन्द गराउने उद्देश्यका साथ निरन्तर लागिरहेको आभास हामीलाई भएको छ, किनभने विगत ६ महिनादेखि इन्टरनेट र निजी क्षेत्रलाई सिध्याउने किसिमका गतिविधिको निरन्तरता राज्य र राज्यका निकायबाट भइरहेको छ ।

निजी क्षेत्रको अस्तित्व तथा लगानीलाई दुरुत्साहित गरी सिध्याउन खोज्ने प्रवृत्तिको विरोध गर्दै चुनावको समयमा इन्टरनेट बन्द हुन गएमा यसको सम्पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्नेछ’, आइस्पानले विज्ञप्तिमा भनेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टाटा, एयरटेल, सिफ्फीलगायत कम्पनीलाई भुक्तानीका लागि विदेशी मुद्रा सिफारिस गर्न पूर्णरुपमा बन्द गरेकाले ६ महिनादेखि भुक्तानी गर्न नसक्दा आगामी हप्तादेखि देशभर इन्टरनेट बन्द हुने स्थिति आएको आईस्पानको भनाइ छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नियतवश अत्यावश्यक इन्टरनेट सेवा बन्द गर्न विदेशी मुद्रा सिफारिस रोकेको जस्तो देखिएको आइस्पानको आरोप छ ।

मन्त्रालयले बेरुजुकै विषयलाई लिएर अनेक बहानामा विदेशी मुद्रा सिफारिस रोकेर निजी क्षेत्रका इन्टरनेट सेवा नै बन्द गर्नतर्फ आकर्षित भएको भन्दै इन्टनेट सेवा प्रदायकले विदेशी मुद्रा सिफारिस नगरी सहजीकरण नगरेको अवस्थाले गर्दा टिभी सेवा पनि बन्द हुने स्थितिमा पुगेको जनाएको छ ।

इन्टरनेट क्षेत्रको समस्या समाधान गर्न सरकारले कुनै पहल नगरेकाले आइस्पान यस वर्षको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस पनि बहिस्कार गर्ने भएको छ ।

prabhu mahalaxmi
kumari