stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको वृद्धिदर ५.८४ हुने प्रक्षेपण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको वृद्धिदर ५.८४ हुने प्रक्षेपण केन्द्रीय तथ्यांक विभागले गरेको छ । गतवर्षको तुलनामा २ प्रतिशतले वृद्धिदर सुधार हुने प्रक्षेपण गरिएको हो ।

अघिल्लो आर्थिक वर्षमा कोभिड १९ को असरले वृद्धिदर प्रभावित भएको थियो । आज विभागले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकका अनुसार कृषि तथा खानी सहितका प्राथमिक क्षेत्रले वृद्धिदरमा २.३ प्रतिशत योगदान गर्ने जनाएको छ ।

विभागले असारबाट नेपालीको औसत प्रति व्यक्ति आय एक हजार ३ सय ७२ अमेरिकी डलर पुग्ने उल्लेख गरेको छ ।

२०७४ को असारमा एक हजार १ सय ६८ डलर रहेकोमा २०४ डलर बढेर अहिलेको स्थितिमा पुगेको हो । नेपालीको औसत आम्दानी एक वर्षमा १२.३४ प्रतिशत बढेको छ ।

prabhu mahalaxmi
kumari