stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीमा ४६ करोड बराबरको संस्थागत निक्षेप राख्ने

लगानीको अवधि विसं २०७९ जेठ तीन गतेदेखि २०८० जेठ दुई गतेसम्म तोकिए

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैकले बैकिङ प्रणालीमा ४६ करोड रुपैंयाँ बराबरको संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार तीन सय ४१ दिने मुद्धती निक्षेपको रुपमा पेन्सन तथा उपदान कोषमा रहेको २६ करोड रुपैंयाँ र तीन सय ६५ दिने मुद्धती निक्षेपको रुपमा अवकाश कोष अन्तर्गत रहेको कर्मचारी सुरक्षण कोषमा रहेको २० करोड रुपैयाँ समेत गरी ४६ करोड रुपैयाँ संस्थागत निक्षेपको रुपमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा राख्न लागिएको हो ।

रकम लगानी अन्तर्गत कर्मचारी सुरक्षण कोषमा रहेको रकम लगानीको लागि छुट्याइएको २० करोड रुपैयाँ मध्ये वाणिज्य बैंकहरुको लागि १६ करोड, राष्ट्रिय स्तरका विकास बैंकहरुको लागि तीन करोड र फाइनान्स कम्पनीहरुको लागि दुई करोड रुपैयाँ छुट्याइएको छ ।

लगानीको अवधि विसं २०७९ जेठ तीन गतेदेखि २०८० जेठ दुई गतेसम्म तोकिएको छ । उक्त रकम लगानीको लागि बैंक तथा फाईनान्स कम्पनीहरुले यही बैशाख १९ गतेभित्र आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर आवेदन दिनुपर्नेछ ।

राष्ट्र बैंकका अनुसार उपदान तथा पेन्सन कोषमा रहेको २६ करोड रुपैयाँ लगानीको लागि भने वाणिज्य बैंकहरुको लागि २० करोड ८० लाख, विकास बैंकहरुको लागि तीन करोड ९० लाख र फाइनान्स कम्पनीहरुको लागि एक करोड ३० लाख रुपैयाँ छुट्याइएको छ ।

लगानीको अवधि विसं २०७९ जेठ तीन गतेदेखि २०८० बैशाख नौं गतेसम्म तोकिएको छ । उक्त रकम लगानीको लागि बैंक तथा फाइनान्स कम्पनीहरुले यही जेठ १९ गते अपरान्ह पाँच बजेसम्म लिन चाहेको रकम र दिन चाहेको व्याज समेत उल्लेख गरी आवेदन दिनुपर्ने छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा(एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।

prabhu mahalaxmi
kumari