stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल एपीएफ कोभिड–१९ यूनिफाईड अस्पताललाई सहयोग पुर्‍याउनु हुने महानुभावहरुलाई प्रशंसापत्र प्रदान:

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले नेपाल एपीएफ अस्पताललाई नेपाल सरकारले कोभिड–१९ यूनिफाईड अस्पताल घोषणा गरेपश्चात अस्पताल संचालनको लागि योगदान पुर्‍याउनुहुने विभिन्न क्षेत्रका महानुभावहरुलाई प्रशंसापत्र प्रदान गनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक के।सी।ले नेपाल एपीएफ अस्पतालमा बैशाख १५ गते आयोजित एक कार्यक्रमका वीच कोभिड–१९ महामारीको बेला नेपाल एपीएफ अस्पताल व्यवस्थापन तथा संचालनमा सहयोग पुर्‍याउने सुरक्षा निकाय तथा सरकारी अस्पतालका गरी २१ जना महानुभावहरुलाई उहाँहरुको योगदानको उच्च कदर गर्दै प्रशंसापत्र प्रदान गर्नुभएको हो ।

त्यस अवसरमा उहाँले कोभिड–१९ महामारीको बेला आई परेका विभिन्न चुनौतिहरुलाई सामना गर्दै आफ्नो र परिवारको स्वास्थ्यलाई समेत प्रवाह नगरी संक्रमित बिरामीहरुको सेवा र सुरक्षामा निःस्वार्थ रुपले लगनशिल र निडर भई अहोरात्र बिरामीको सेवामा खटिनुभएका स्वास्थ्यकर्मीहरुको योगदानको मुक्तकण्ठले प्रशंसा गनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक के।सी।ले त्यसअवसरमा महामारीको बेला उच्चस्तरीय स्वास्थ्य सेवा प्रवाहमा नेपाल एपीएफ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले पुर्‍याएको योगदान तथा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले कोभिड–१९ महामारी नियन्त्रणमा सीमा नाका तथा
क्वारेन्टाईनहरुमा खटिई पुर्‍याएको योगदानप्रति हार्दिक आभार प्रकट गर्नुहुँदै भबिष्यमा समेत यस्तै उदाहरणीय कार्यसम्पादनमा क्रियाशिल रहने बिश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्धय रामशरण पौडेल र राजु अर्याल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु, विभिन्न सुरक्षा निकाय तथा सरकारी अस्पतालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

prabhu mahalaxmi
kumari