stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

निफ्रा र नेपाल वेयरहाउजिङबीच शेयर लगानी सम्बन्धी सम्झौता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्फ्राष्ट्रक्चर बैंक लिमिटेडले नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडसंग शेयर लगानी सम्झौता गरी कम्पनीको नामको रु पाँच करोड रकम वरावरको पाँच लाख कित्ता साधारण शेयर खरिद गर्न हस्ताक्षर गरेको छ।

नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडको रजिष्टर्ड कार्यालय सिनामङ्गल काठमाण्डौंमा आज सम्पन्न शेयर लगानी सम्झौतामा नेपाल इन्फ्राष्ट्रक्चर बैंक लिमिटेडका तर्फबाट बैंकका नायव महाप्रवन्धक सूर्यबहादुर तामाङ्ग र नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जय मुकुन्द खनालले हस्ताक्षर गरेका छन्।

यो रकम नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको कूल जारी पूँजी रु ६८ करोड ७५ लाखको ७.२७५ हो । कम्पनीले कूल जारी पूँजीको ८० प्रतिशतले हुन आउने रकम रु ५५ करोड वरावरको ५५ लाख कित्ता साधारण शेयर विभिन्न संस्थागत र व्यक्तिगत लगानीकर्तालाई विक्री गरेको छ भने वाँकि २० प्रतिशतले हुन आउने रकम रु १३ करोड ७५ लाख वरावरको १३ लाख ७५ हजार कित्ता साधारण शेयर प्रारम्भिक सार्वजनिक निष्काशन मार्फत नियामक निकायको स्वीकृतिमा सर्वसाधारणलाई विक्री गर्ने लक्ष्य राखेको छ।

कम्पनी ऐन, २०६३ वमोजिम २०७५ सालमा संस्थापित नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेड संस्थापन गर्नका उद्देश्यहरु मध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ। कृषकको आवश्यकता वमोजिमको सुरक्षित तथा बैज्ञानिक तवरको भण्डारण गृह सार्वजनिक प्रयोजनका लागि हाल सम्म सञ्चालनमा नरहेको हुँदा आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा वजारमा विक्री गर्नुपर्ने वाध्यता कृषकसंग रहिरहेकोछ ।

अर्कोतर्फ त्यहि खाद्यान्न केहि महिनाको छोटो अन्तरालमा महँगो मूल्यमा कृषक समेतले दैनिक उपभोगका लागि खरिद गर्नुपर्ने अवस्था छ। यो समस्याको समाधानका लागि नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले देशका तीन महत्वपूर्ण स्थानहरु औरावनी, विरुवागुठी र वीरपुर क्रमशः सुनसरी, पर्सा र कपिलवस्तु जिल्लामा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औद्योगिक प्रतिष्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएकोछ ।

कृषकहरुबाट उत्पादित खाद्यान्न भण्डारण गर्नका साथसाथै कृषकहरुलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त हुने अवसर प्रदान गर्न कम्पनीले ती तीनवटै स्थानमा निर्माण हुने भण्डारण गृहको परिसरमा वोलकवोलको माध्यमबाट खाद्यान्न किनवेच हुने वातावरण र पध्दत्तिलाई समेत व्यवस्थित गर्ने लक्ष्य राखेकोछ ।

साथै कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को वालीका लागि आवश्यक पर्ने पूँजीको अभाव हुन नदिन निजहरुले कम्पनीको भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा बैंक तथा वित्तीय संस्थाहरु मार्फत ऋण प्राप्त गर्ने संयन्त्रको तयारी गरिरहेको छ।

कम्पनीको सुनसरी इकाई कार्यालयबाट अन्न भण्डारण सेवा व्यवसाय सञ्चालनमा आइसकेकोछ । कम्पनीलाई भारतकोNational Commodities Management Ltd (NCML ले प्राविधिक परामर्श सहयोग प्रदान गर्दै आइरहेकोछ।

prabhu mahalaxmi
kumari