आज गुडविल फाइनान्सको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन
काठमाडौं । आज चैत २८ गते सोमबार गुडविल फाइनान्सको संस्थापक सेयरमा लिलामी भर्ने अन्तिम दिन हो । चैत १४ गतेबाट ९३ हजार ४८९ कित्ता सेयर बिक्री खुला गरेको हो ।
फाइनान्सले प्रतिकित्ता न्यूनतम मूल्य १५० रुपैयाँमा यो सेयर बिक्रीमा ल्याएको हो । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा आज कार्यालय समयभित्र चैत २८ गतेभित्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, हात्तिसारमार्ग कमलादी काठमाडौंमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । न्यूनतम २५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।





















