citizens life insurance long ad
stcnepal long ad

टोस्टमास्टर्स नेपालले वार्षिक साइटेशन सम्मेलन २०२२ आयोजना गर्दै

कम्युनिकेटर अवार्डको विजेता घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । टोस्टमास्टर्स नेपालको चौँथो वार्षिक डिभिजन सम्मेलन चैत्र २६ गते शनिबार ठमेलको अलफ्ट काठमाडौँमा आयोजना हुने भएको छ । बिहान ८ बजेदेखि बेलुकी ५ः३० बजेसम्म हुने उक्त सम्मेलनमा नेपालभरका कर्पोरेट, व्यवसायिक संगठन र अन्य समुदायका करिब ४५० सदस्यहरु उपस्थित हुने छन् ।

यो कार्यक्रमको मुख्य आकर्षण हयुमरस स्पीच प्रस्तुति रहेको छ जसमा विभिन्न ३ डिभिजनका प्रतिनिधिहरुले ह्युमरस स्पिच कसरी दिने भन्ने विषयमा प्रस्तुति दिने छन् ।

हरेक वर्ष एक जना गैर टोस्टमास्टरलाई उनको संचार र नेतृत्व क्षमताको लागि “दि कम्युनिकेटर अवार्ड” प्रदान गरिन्छ । २०१९ मा भएको साइटेसन सम्मेलनमा रेडियो नेपालका लोकप्रिय रेडियोकर्मी कृष्णा ताम्राकारलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा टोस्टमास्टर्स सदस्यहरुले आफ्नो गायन तथा सांस्कृतिक प्रतिभा प्रदर्शन गर्नेछन् ।
सन् १९९१ मा काठमाडौं टोस्टमास्टर्स क्लबाट शुरुवात भएको टोस्टमास्टर्समा सन् २०१७ सम्म पहिलो कर्पोरेट क्लब–लक्ष्मी बैंक टोस्टमास्टर्स क्लब लगायत ८ वटा क्लब मात्र थियो ।

त्यस पश्चात डिस्ट्रिक्ट ४१ को हिस्सा भएकाले विगतका केहि वर्ष यता क्लबहरु विस्तारको क्रम बढ्ढो रहेको छ । बैंक, शैक्षिक संस्था, पर्यटन उद्यमी, चाटर्ड एकाउन्टेन्ट, शिक्षक, महिला, उद्यमी र अन्य कार्यरत व्यवसायी गरेर हाल ५२ वटा क्लब र १३०० भन्दा बढि सदस्यहरु रहेका छन् ।
डिस्ट्रिक्ट ४१ का क्लब ग्रोथ डिरेक्टर डीटीएम रञ्जित आचार्यज्युले भन्नुभयो “नेपाल ले डिस्ट्रिक्ट ४१ टोस्ट्मास्टर्स पहिलो चोटि आयोजना गर्दै छ र साइटेसन २०२२ उत्तर र पूर्वी भारत तथा बंगलादेश जस्ता सदस्य राष्ट्र हरु ले उत्साह को साथ प्रतीक्षा गरिरहेका छन् । यो सम्मेलन ले सम्पूर्ण नेपालि टोस्टमास्टर्स हरु लाइ एकताबद्ध गर्नेछ ।”

डिभिजन ए(नेपाल), डिस्ट्रिक्ट ४१ को डिरेक्टर डीटीएम सुमन शाक्यज्युले भन्नुभयो, “साइटेसन २०२२ टोस्टमास्टर्स काठमाडौँका सदस्यहरूका लागि मात्र नभएर पोखरा, चितवन, वीरगन्ज, बुटवल, भैरहवा, धरान र झापाका टोस्टमास्टरहरूको लागि पनि सिक्ने, सन्जाल विस्तार गर्ने र आफ्नो व्यक्तित्व विकास गर्ने सुनौलो अवसर हुनेछ । ”

IME Life
kumari