stcnepal long ad
global ime bank long

केसीएल अस्ट्यूट क्यापिटलले अब गरिमा क्यापिटलको नाममा कारोबार सञ्चालन गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको ५१.२०% सेयर स्वामित्व रहने गरी गरिमा क्यापिटल लिमिटेड (साविक के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड)गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको छ ।

अब उप्रान्त के.सी.एल. अस्ट्यूट  क्यापिटल लिमिटेडले प्रदान गर्दै आएका सेवा तथा कारोबारहरु गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन हुनेछन् ।

गत असार ४ गते के।सी।एल। अस्ट्यूट क्यापिटल लिमिटेड र गरिमा विकास बैंक लिमिटेडबीच गरिमा विकास बैंक लिमिटेडद्वारा के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडको सेयर लगानी /स्वामित्व खरिद गर्ने सम्बन्धी भएको समझदारीपत्र बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयको चैत्र ७ गतेको पत्रबाट साविकको के.सी.एल. अस्ट्यूट  क्यापिटल लिमिटेडको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति तथा तिर्नु व्यहोर्नु पर्ने कर दायित्व आदि परिवर्तित नामको कम्पनीले सकार्ने व्यहोर्ने गरी संस्थाको नाम के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड (अंग्रेजीमा K.C.L. Astute Capital Limited) बाट परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड (अंग्रेजीमा(Garima Capital Limited) कायम भएको छ ।

संस्थाको नाम परिवर्तन सम्बन्धी औपचारिक जानकारी सम्पूर्ण सरोकारवालाहरु समक्ष सम्प्रेषण गर्ने प्रयोजनार्थ निम्न लिखित मिति, समय र स्थानमा पत्रकार सम्मेलन आयोजना भएको थियो ।

 

IME Lifesidebar
kumari