stcnepal long ad
global ime bank long

एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु. पन्ध्र लाख सहयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले हालै भोटोकोशी–त्रिशुली नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरुको राहत तथा पुनस्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. पन्ध्र लाख आर्थिक सहयोग गरेको छ ।

साथै, सो रकम बाहेक यस संस्थाका कर्मचारीहरूले छुट्टै रकम सङ्कलन गरी सो रकमको विभिन्न राहत सामाग्री नेपाल सरकारको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा, टेकुमा जम्मा गरेका छन् ।

विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एनएमबि क्यापिटल शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दछ । साथै, बेपत्ताहरूको शीघ्र सकुशल उद्धार र घाइतेहरूको द्रुत स्वास्थ्य लाभको कामना गर्दछ ।

IME Lifesidebar
kumari