citizens life insurance long ad
stcnepal long ad

रोयल नेपाल गल्फ कोर्समा दुई दिने खूल्ला गल्फ प्रतियोगिता २०२२ सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा खेलकुंदको बिकासको लागि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यहि २०७८ साल चैत्र ११ र १२ गते त्रिभुवन बिमानस्थल परिसरमा रहेको रोयल नेपाल गल्फ कोर्समा दुई दिने Open Golf Tournament 2022 सम्पन्न भयो ।

उक्त प्रतियोगितामा १०० जना खेलाडीहरु सहभागी भएका थिए । सहभागी विजेता खेलाडीहरुलाई बिभिन्न १६ वटा बिधाको लागि पुरस्कार तथा पदकहरु वितरण गरियो ।

प्रतियोगितामा Winner Men’s मा अवकासप्राप्त कर्णेल शशी बिक्रम सिंह, Runner-Up Men’s मा अतिरिक्त प्रहरी महानिरिक्षक हरि बहादुर पाल, Gross Winner मा सुरज श्रेष्ठ,Ladies Winner मा श्रीमती तारा कार्की चित्रकार, Ladies Runner-Up मा श्रीमती रेखा घिमिरे, Senior Winner मा मेजर जनरल विजय मोक्तान, Senior Runner-Up मा सन प्रसाद प्रधान,Hole In One Hole No. 6 मा जयबिर आचार्य, Junior Winner-Boy मा अभिमन्यु कार्की, Junior Runner-Up Boys जयबिर आचार्य,Junior Winner-Girls मा सुश्री इष्टेना टण्डन, Junior Runner-Up Girls मा सुश्री अन्वद्या मल्ल,Most Birdies मा अवकासप्राप्त बरिष्ठ प्रहरी उपरिक्षक राजेन्द्र श्रेष्ठ,Longest Drive @ 11 मा सानु सान्यो शाही, Closest to the Pin @ 12 मा  ताहिर शाह र Sportsmanshipमा श्रीमान अनिल सिन्हा विजयी हुनुभएको थियो ।

समापनका अवसरमा आयोजित पुरस्कार वितरण समारोहमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. का अध्यक्ष मनोहर दास मुलले अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त रहेको गल्फ प्रतियोगिताको माध्यमबाट खेलकुंदको बिकासमा योगदान गर्ने र नयां पुस्तालाई यस खेलतर्फ आकर्षित गर्ने उद्देश्य सहित कम्पनीले सन् २०१८ र २०१९ मा पनि यसै गरीGolf Tournament को प्रायोजन गरेको, सन् २०२० र २०२१ मा कोरोना संक्रमणको कारण प्रतियोगिता सम्पन्न हुन नसके पनि यस वर्ष पुनः उक्त कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी गराउनु भयो ।

 

IME Life
kumari