stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान कपिलवस्तुद्वारा प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

कपिलवस्तु । हरी शर्मा आचार्यको सभापतित्व भएको कार्यक्रमको प्रमुख अतिथीमा पुर्व प्रधान न्यायाधीश गोपाल पराजुली, बिशिष्ट अतिथी पुर्व प्रहरी महानिरीक्षक (IGP) अच्युतकृष्ण खरेल, तथा पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण कुमार तिम्सिना ज्यु लगायत सह संयोजक डा. विनय पाण्डे , वासुदेव चौधरी, कार्यक्रम संचालक भानु चतुर्वेदी ज्यु लगायत समाजका विशिष्ट प्रबुद्ध व्यतित्वहरुको उपस्तिथिमा जागरण अभियानको लागि प्रकाशित पुस्तक,स्टिकर तथा फोल्डरको पुर्ण परिचयको साथै विमोचन कार्यक्रम कपिलवस्तु स्थित गौतम बुद्ध होटलको प्राङ्ग्णमा सम्पन्न भयो ।

गोष्ठीमा अभियान द्वारा अहिलेसम्म प्रकाशित साहित्यबारे जानकारी गराउदै इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र नै रहेकोले अब समाजले यसलाई आफ्नो दायित्वको रुपमा स्वीकार गरोस भन्ने आग्रह समेत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले षडयन्त्रमा हिन्दू राष्ट्र नेपालको पहिचानलाई मेटाएर धर्मनिरपेक्षताका रूपमा संविधान लेखिएको भए पनि ऐतिहासिक, सांस्कृतिक, धार्मिक रुपमा नेपाल हिन्दु राष्ट्र नै हो।

हिन्दू राष्ट्रको चिन्तन आम जनताको नसामा रहेको कारण विश्वभर बसोबास गर्ने हिन्दू समाजले नेपाललाई हिन्दू राष्ट्रको रुपमा नै चिन्छ । नेपालको संविधानमा रहेको हिन्दू राष्ट्रको पहिचानलाई सुनियोजित षडयन्त्रका आधारमा समाप्त गरी नेपालको मौलिक आत्मामाथि प्रहार भएको भन्दै कार्यक्रमका प्रमुख वक्ताहरुले आक्रोश पोखेका थिए ।

देशमा जबर्जस्ती धर्मनिरपेक्षता थोपिए पछि धर्म परिवर्तनको प्रकृया तिव्र गतिमा चलिरहेको छ । त्यसैले समयमै सचेत र सजग भएर मात्र नभई आफ्नो पहिचान जोगाउन आ–आफ्नो तहमा संघर्ष गर्न तयार हुनुपर्ने वक्ताहरुले बताएका थिए । गत भदौ ३ गते पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालको संयोजकत्वमा यो अभियान सुरु भएको हो ।

 

prabhu mahalaxmi
kumari