stcnepal long ad
ime life insurance
national life
global ime bank long

अग्नि ग्रुपद्वारा दमकमा महिन्द्रा ट्रयाक्टर शोरुम तथा सर्भिस सेन्टर स्थापना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अग्नि ग्रुपले हालै दमकको क्यापस मोडमा महिन्द्रा ट्रयाक्टरको नयाँ ट्रयाक्टर शोरुम तथा सर्भिस सेन्टर स्थापना गरेको छ । कम्पनीका अनुसार त्यस क्षेत्रमा रहेको यो अग्नि ग्रुपको आधिकारिक पूर्ण सुविधासम्पन्न शोरुम हो ।

नयाँ ट्रयाक्टर शोरुम तथा वर्कशपको उद्घाटन संयुक्त रुपमा अग्नि ग्रुपकाका प्रबन्ध निर्देशक  क्याबिनेट श्रैष्ठले लोकत्रान्तिक वाणिज्य संघका संयोजक  बबर जंग थापा, निम्स हस्पिटल, दमकका  उपाकान्त आचार्य, टिएमटी व्रिक्स उद्योगका निर्देशक  रवि के.सी. र सरकारी तथा स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा गरेको थियो ।

“दमक र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराइ लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ ट्रयाक्टर शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको हो,” कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

शोरुमले महिन्द्राका युवराज २१५, जिवो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, यवो र नोभो आदिको ग्राहकहरूलाई बिक्री तथा सेवाका साथौ सक्कली स्पेयर पार्टस् उपलब्ध गराउने अग्नि ग्रुप दमकका शाखा प्रमुख श्री कौशल शाहले जानकारी दिनुभयो ।

यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरू ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा यसले हाल र नयाँ उद्यमी र कृषिकर्मीहरूलाई फाइदा पुग्ने कम्पनीले जनाएको छ ।

IME Lifesidebar
kumari