stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला तीन सयले बढे, चाँदीको स्थिर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला तीन सयले बढेर ९९ हजार पाँच सय पुगेको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९९ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार छ ।

उक्त सुन आइतबार प्रतितोला ९८ हजार सात हजार रुपियाँ थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार ३७५ कायम रहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२६ डलर आसपासमा कारोबार भइरहेको छ ।

IME Lifesidebar
kumari