stcnepal long ad
ime life insurance
national life
global ime bank long

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट सुदुरपश्चिम प्रदेशस्थित गण तथा गुल्मको उद्घाटन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चैत्र ४ गते सुदुरपश्चिम प्रदेशस्थित नम्बर ३४ गण हेडक्वाटर कैलाली र नम्बर ५२ गुल्म हेडक्वाटर डडेलधुराको नवनिर्मीत भवनको उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा उहाँले शान्ति सुरक्षा, सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रणका साथै विभिन्न
किसिमका विपद् प्रकोप पिडित आम नागरिकको उद्धार, राहत वितरण लगायत कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथाममा संगठनले हाँसिल गरेको सफलताको श्रेय कार्यक्षेत्रमा अहोरात्र क्रियाशिल सबै दर्जाका कर्मचारीहरुको त्याग र मेहनतको परिणाम भएको बताउनुभयो ।

महानिरीक्षक खनालले सकलदर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुले कार्यक्षेत्रमा देखाएको ईमान्दारीता, अनुशासन, बफादारीता, कर्तव्यपरायणता तथा उच्च समर्पणभाव र परिश्रमको कारण संगठन आज यस स्थानमा आएको स्मरण गर्नुहुँदै सशस्त्र प्रहरी बल, नेपालको सीमा क्षेत्रमा तैनाथी बढेसंगै राष्ट्रको  राजश्व संकलनमा बृद्धि हुनुका साथै चोरी तस्करी तथा सीमा अपराध नियन्त्रण तथा समग्रमा सीमा क्षेत्रका आम नागरिकले समेत सुरक्षित महशुस
गरेको बताउनुभयो ।

सशस्त्र प्रहरी बल, नेपालको देशभर परिचालन भएसंगै ताप्लेजुङ्गको ओलाङ्गचुङ्गगोलादेखि हुम्लाको हिल्सासम्म र पाँचथरको तोरीफुलेदेखि दार्चुलाको छाङ्गरुसम्म विकट भौगोलिक बनावट र प्रतिकुल मौसमका बाबजुद समेत उच्च मनोवल र हौसलाका साथ अहोरात्र तैनाथरही सांगठानीक विकासमा सशस्त्र प्रहरी कर्मचारीहरुले पु¥याएको योगदानको समेत प्रशंसा गर्नुभयो ।
उहाँले राष्ट्र र आम नागरिकको सुरक्षा तथा सेवामा पूण व्यावसायिक भई ईमान्दारीताका साथ प्राप्त जिम्मेवारी सम्पादनमा क्रियाशिल रहन त्यसैअवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशित गर्नुभयो।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैधनाथ बाहिनी मुख्यालय, कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दुर्गा प्रसाद भट्टराई तथा नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग लगायत जिल्लास्थित विभिन्न निकायका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

IME Lifesidebar
kumari