stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिटिजन लाइफको बीमा शुल्क खल्ती मार्फत भुक्तानी गर्न सकिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु(याउन नवीनतम योजनाहरु ल्याउन सदैव अग्रणी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै ग्राहकको व्यस्तता र सुविधालाई ध्यानमा राखी“डिजिटल सिटिजन”अभियान अन्तर्गत नेपालको अनलाईन पेमेन्ट सिस्टम खल्तीसँग साझेदारी गरेको छ ।

यस साझेदारीले बीमा शुल्क भुक्तानीका लागी सहज र सरल भएको र सिटिजन लाइफका उपभोक्ताहरुलाई थपनयाँ सुविधा प्रदान गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको “डिजिटल सिटिजन”अभियान अन्तर्गत अनलाईन मार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगतका वर्षहरु देखी र हालसालै अनलाईन बीमा दाबी सेवा सञ्चालनमा रहेको छ ।

कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट संचालन गरिरहेको छ । ग्राहक तथा अभिकर्ताहरुलाई कार्यालय सम्मआउनु पर्ने अवस्थालाई सहजबनाई समयको बचत गराउन र ग्राहक सेवालाई विश्व स्तरिय बनाउदै जाने क्रममा“डिजिटल सिटिजन”अभियान अन्तर्गत कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत जनाएको छ ।

IME Lifesidebar
kumari