stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनआरएनएको निर्वाचन रोक्न माग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

अमेरिका । विभिन्न देशमा रहेका नेपालीहरुले गैर आवासीय नेपाली संघ ९एनआरएनए० को विभाजन रोक्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

एनआरएनए र नेपाली जनसम्पर्क समितिको विभिन्न पदमा रहि जिम्मेवारी पुरा गरेका ८० जनाको तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले अहिले दुबै तर्फबाट अगाडि बढाइएको निर्वाचन प्रक्रिया स्थगन गराउन पनि माग गरेको बताएका हुन् ।

विभाजनबाट रोकी आम सहमतिमा केन्द्रिय महाधिवेशन, निर्वाचन र कार्यसमिति गठननै अहिलेको आवश्यकता भएको उनीहरुले बताएका छन् ।

प्रतिनिधि छनौटको विवाद बढ्दै जादा अहिले संस्थापन पक्ष र संस्थापन इतर पक्षले छुट्टा छुट्टै निर्वाचन प्रक्रिया अगाडि बढएका छन् । एनआरएनए अभियानलाई एकताबद्व गरौं ,विभाजनका लागि गरिने सबैखाले गतिविधि बन्द गरौं १ भन्दै उनीहरुले तीन बुँदे साझा धारणा पनि सार्वजनिक गरेको बताएका छन् ।

साझा अपिलमा गैर आबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको तर्फबाट हालसम्म भए गरेका राम्रा र नराम्रा गतिविधीको जिम्मेवारी नबौ केन्द्रिय महाधिवेशनबाट निर्बाचित तथा मनोनीत पदाधिकारी एवम संरक्षक,सल्लाहकार र सदस्यहरु रहेको सिङ्गो कार्यसमितिले लिनु पर्ने भनिएको छ ।

साझा अपिलको पूर्ण पाठ

सम्माननीय प्रधानमन्त्री एबम पार्टी सभापति ज्यु,
नेपाली कांग्रेस केन्द्रिय कार्यालय बिपि स्मृति भवन , सानेपा ललितपुर, काठमाडौ , नेपाल
बिषयस् जानकारी गराइएको बारे
महोदय,
उपरोक्त बिषयका सम्बन्धमा गैर आबासीय नेपाली संघको पछिल्लो घटनाक्रम र परिस्थितिका बारेमा प्रबासमा बस्ने नेपाली कांग्रेस पार्टीको आधिकारिक इकाई नेपाली जनसम्पर्क समितीमा एबम गैर आबासीय नेपाली संघमा नेतृत्वदायी भुमिका निर्बाह गरेका हामी साथीहरूको तर्फबाट सन २००३ मा स्थापित एक गैर राजनैतिक, सामाजिक सस्थाको १०औं केन्द्रिय महाधिवेशन र निर्वाचनका सन्दर्भले सिङ्गो नेपाली डायस्पोराका सबै बिचार, बर्ग समुदाय र जातीको प्रतिनिधित्व गर्ने एक लाख १५ हजार भन्दा बढी सदस्य रहेको बैधानिक सस्था बिभाजनको सामु उभिएको हुँदा यस्तो परिस्थितिमा यस्लाई बिभाजन बाट रोकी आम सहमति मा केन्द्रिय महाधिवेशन, निर्वाचन र कार्यसमिति गठननै अहिलेको आवश्यकता महसुस गर्दै निम्न बुदामा देहाएका ब्याक्तिहरुले सामुहिक धारणा सार्बजनिक गरेको सम्माननिय प्रधानमन्त्री ज्युलाई सादर जानकारी गराउदछौ।

एनआरएनए अभियानलाई एकताबद्व गरौं ,
बिभाजनका लागि गरिने सबैखाले गतिविधि बन्द गरौं !

गैरआबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको १०औं महाधिवेशन र बिश्व सम्मेलन महाधिवेशनका लागी छनौट गरेका प्रतिनिधीहरुको बिषयमा विवाद उत्पन्न भै पछिल्लो समय प्रवासमा बस्ने लाखौ नेपालीहरुको आस्थाको केन्द्रमा राखिएको गरिमानै समाप्त सङै संस्था बिभाजित हुने जस्ता गतिविधि भईरहेकाले संस्थाको स्वार्थलाई सर्वोपरी ठानी संस्था बचाउनु पर्छ भन्ने अभियान र अभिप्रयले बिश्वभरी रहेका हामी देहाए बमोजिमका साथीहरूले हाम्रो सामुहिक धारणा सार्बजनिक गरेका छौ।

१, गैर आबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको तर्फबाट हालसम्म भए गरेका राम्राराम्रा र नराम्रा गतिविधीको जिम्मेवारी नवौ केन्द्रिय महाधिवेशनबाट निर्बाचित तथा मनोनीत पदाधिकारी एबम संरक्षक,सल्लाहकार र सदस्यहरु रहेको सिङ्गो कार्यसमितिले लिनु पर्छ ।

१०औ अधिवेशन र विश्व सम्मेलन समयमा सम्पन्न गर्न गराउन बातावरण तय गर्न नसकेको प्रति आम गैर आबासीय नेपालीको बिचमा आत्माअलोचित हुदै सबै पक्षलाई एकताको बाताबरण तयार गर्न नेतृत्व कृयासिल हुनु पर्दछ।

२,  संस्थाको महाधिवेशन प्रतिनिधि चयनमा भएको बिबादलाई समझदारीमा निराकरण गरि मात्र गरिनु पर्ने र हाल दुबै तर्फ बाट भएका महाधिवेशन र निर्बाचनका गतिविधिलाई तत्काल पुर्ण बिराम लगाई बार्ता मार्फत सबै पक्षको सहमतिमा एकताको महाधिवेशनको बाताबरण निर्माण गरि महाधिवेशन आयोजना गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछौं।

३,  संस्थालाई बिभाजन गर्ने खालका सबै किसिमका गतिविधिहरुलाई निस्तेज पार्दै एकताको केन्द्रिय महाधिवेशनको बाताबरण तयार गर्न तर्फ लाग्नु पर्दछ जस्को लागी सबै पक्ष सम्यमित हुँदै आम सहमतिमा नयाँ कार्यसमिति निर्माण गरि संस्थालाई बिभाजन हुनबाट रोक्न सबैलाई हार्दिक अनुरोध गर्दछौं ।
जय नेपाल जय एनआरएन

एनआरएन एकता पक्षधर साथीहरू :

एनआरएन एकता पक्षधर साथीहरू :- बालकृष्ण पान्डे ( पुर्ब केन्द्रिय आमन्त्रित सदस्य नेपाली कांग्रेस एबम सभापति जनसम्पर्क समिती भारत पुर्ण हमाल( संस्थापक सभापति जनसम्पर्क समिती एबम NRNA पोर्तुगल ) युबराज गुरुङ (सभापति जनसम्पर्क समिति बेलायत ) सुदर्शन थापा मगर (सस्थापक सभापति जनसम्पर्क समिति एबम पुर्ब अध्यक्ष NRNA मकाउ) रोशन केसी (सभापति जनसम्पर्क समिति एबम पुर्ब अध्यक्ष NRN जापान महेश श्रेष्ठ ( पुर्ब सभापति जनसम्पर्क जापान एबम केन्द्रिय कोशाध्यक्ष NRNA) सुनिल शाह( पुर्ब अध्यक्ष NRNA अमेरिका) नारायण सुवेदी(पुर्ब सभापति जनसम्पर्क समिति जापान NRNA आइसिसी सदस्य ) राजन त्रिपाठी(क्षेत्रीय संयोजक NRNAअमेरिका क्षेत्र) शुक्रराज न्याैपाने ( संस्थापक सभापति जनसम्पर्क समिति आएरल्यान्ड एबम DRC युरोप NRNA जितेन्द्र शाही( सभापति जनसम्पर्क समिति नर्बे) हरिहर शर्मा अर्याल फ्रान्स ,(संस्थापक अध्यक्ष , पूर्ब आईसिसि सदस्य तथा मानार्थ परिषद सदस्य ) योगेन्द्र क्षेत्री(पुर्ब अध्यक्ष NRNAबेलायत) गिरिराज कुवर (पुर्ब सभापति जनसम्पर्क समिति दक्षिण कोरिया) कृष्ण गिरी(निबर्तमान सभापति जनसम्पर्क समिति अस्ट्रेलिया) हिक्मत थापा ( पुर्ब केन्द्रिय कोषाध्यक्ष एनआरएनए नाइजेरिया शशी पौडेल( सस्थापक अध्यक्ष NRNA नेदरल्यान्ड) एकराज गिरी (पुर्ब सभापति जनसम्पर्क समिति एबम NRNA स्पेन) चोलाकान्त पङेनी( सभापति जनसम्पर्क समिति मलेसिया) नवीन थपलिया(सस्थापक सभापति जनसम्पर्क समिति एबम संस्थापक अध्यक्ष NRNA स्विडेन) ओकिल केसी(सभापति जनसम्पर्क समिति पोर्तुगल) सुरेश गुरुङ(सभापति जनसम्पर्क समिति अस्ट्रेलिया) यमलाल सुबेदी( पुर्ब सभापति जनसम्पर्क समिति एबम NRNA डेनमार्क) शरण केसी ( पुर्ब सभापति जनसम्पर्क समिती जर्मनी) खेमराज बस्नेत(पुर्ब सभापति जनसम्पर्क समिति युएई) पदम क्षेत्र(पुर्ब सभापति जनसम्पर्क नेदरल्यान्ड) आस्थाबिन्दु मल्ल (पुर्ब सभापति जनसम्पर्क कोरिया) पुस्पराज भन्डारी(पुर्ब सभापति जनसम्पर्क स्पेन) गणेश केसी(पुर्ब अध्यक्ष NRNA अस्ट्रेलिया) नारायण काफ्ले, अस्ट्रेलिया नेबिसंघ पूर्व केन्द्रिय सदस्य तथा आईसिसि सदस्य चण्दी प्रसाद योङ्या (सभापति जनसम्पर्क मकाउ) सन्जिब श्रेष्ठ (आइसिसी सदस्य NRN अमेरिका ) सिपि पौडेल ( उपसभापति जनसम्पर्क अमेरिका) डा .अर्जुन बन्जाडे अमेरिका ( अध्यक्ष प्रत्यासी NRN एबम नेता नेपाली कांग्रेस ) निर्मला थापा ( उपसभापति जनसम्पर्क मकाउ) नबिन कडेंल – डिआरसि, ओसेनिया रमेश जोशी – पूर्व डिआरसि,ओसेनिया महेन्द्र लम्साल पुर्ब संयोजक ओसियाना कुल प्रसाद गुरुङ ( पुर्बसभापति जनसम्पर्क हङकङ) कृष्ण सुवेदी ( पुर्ब सभापति जनसम्पर्क जापान) प्रेम प्रसाद सापकोटा ( संस्थापक सभापति हङकङ हाल अस्ट्रेलिया) लक्ष्मी सापकोटा ( पुर्ब सभापति जनसम्पर्क समिती एबम पुर्ब अध्यक्ष NRNA पोर्तुगल) सन्देश के सी (सभापति जनसम्पर्क एवंम सस्थापक महासचिब एन आर एन माल्टा) रामचन्द्र पाठक ( पुर्ब सभापति जनसम्पर्क समिति डेनमार्क) बिनोद घिमिरे (पुर्ब सभापति जनसम्पर्क समिति पोर्तुगल) जानकी पौडेल, महिला संयोजक एनआरएनए ओशियाना रोहित खडका, महामन्त्रि जनसम्पर्क अष्ट्रेलिया दिलिप पोखरेल, राज्य संयोजक जनसम्पर्क अष्ट्रेलिया राम गुरुङ ( पुर्ब सभापति जनसम्पर्क समिति हङकङ) मीन गुरुङ (पुर्ब सभापति जनसम्पर्क समिती हङकङ ) बिनोद मोक्तान( पुर्ब सभापति जनसम्पर्क समिति बेलायत) त्रिलोचन सापकोटा (पुर्ब सभापति जनसम्पर्क समिति डेनमार्क) जगत शाह (पुर्ब सभापति जनसम्पर्क समिति हङकङ) श्रीनेत बस्नेत ( पुर्ब सभापति जनसम्पर्क समिति हङकङ) डा.जितु उपाध्याय (उपसभापति जनसम्पर्क समिति क्यानाडा) चित्र बहादुर केसी ( संस्थापक सभापति जनसम्पर्क समिति युएई एवम आइसिसी सदस्य एनआरएन) गंगाधर गौतम ( पुर्ब सभापति एबम पुर्ब अध्यक्ष NRN बेल्जियम ) बोधार्थ: कुमार पन्त अध्यक्ष ( गैर आबासीय नेपाली संघ ) नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) सम्पुर्ण राजनैतिक दलहरू
IME Lifesidebar
kumari