stcnepal long ad
ime life insurance
national life
global ime bank long

बढ्दै गएको ईन्धन खपत घटाउन सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीबाट साइकल प्रयोगमा जोड

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विश्व राजनीतिमा देखिएको संकटले निम्त्याएको आर्थिक अवस्थाले हाम्रो देश समेत इन्धनमा भएको मुल्यवृद्धिको चपेटामा परेको हामी सबैमा जानकारीनै छ ।

इन्धन (पेट्रोलियम पदार्थ) को मूल्य वृद्धि र यसको वढ्दो खपतले निम्त्याउन सक्ने अवस्थालाई मध्यनजर गरी सांग्रिला डेभलपमेन्ट बैंक लि.ले इन्धन खपत कम गर्ने उद्देश्यका साथ केही सकारात्मक कदमहरु अगाडी वढाएको व्यहोरा यसै विज्ञप्ती मार्फत बैंकले जानकारी गराएको छ ।

समाज र देशको हितका लागि इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इँटा थप्ने उद्देश्यले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई कार्यालय आवात जावत गर्दा साईकलको प्रयोग गर्न तथा हिंडेर कार्यालय आवत जावत गर्न उत्प्रेरित गरेका छौ ।

बैंकले इन्धन खपत घटाउने उद्देश्यले नै सकेसम्म चार पांग्रे सवारी साधन प्रयोग गर्दा एक्लै यात्रा नगरी अन्य कर्मचारीहरुलाई समेत सोही साधनमा यात्रा गराउन कर्मचारीहरुलाई उत्पे्ररित गरेको र सो सम्भव नभएको अवस्थामा सकेसम्म चार पांग्रे सवारी साधनको सट्टा दुई पांग्रे सवारी साधनको प्रयोग गर्न वा सार्वजनिक सवारी साधनको प्रयोग गरेर कार्यालय आवत जावत गरी इन्धन खपत घटाउने प्रयासमा योगदान दिन बैंकले आफ्ना कर्मचारीहरुलाई आग्रह गरेको छ ।
बैंकले विद्युतिय सवारी साधन खरिद तथा प्रयोगमा वृद्धि ल्याउन सोही अनुसार सवारी साधन कर्जा सम्वन्धि प्रोडक्ट पेपरहरुमा परिमार्जन गरी सो प्रोडक्ट पेपरको प्रवद्र्धन गर्न लागेको व्यहोरा समेत बैंकले जानकारी गराएको छ ।

देशमा इन्धनको खपत सक्दो कम गरी बातावरण लाई सफा स्वच्छ राख्नको लागी विभिन्न किसिमका कार्यक्रम तथा शिविर मार्फत प्रोत्साहित गर्ने उद्देश्यका साथ “Save Fuel Challenge” भन्ने नाराका साथ बैंक अगाडि बढेको व्यहोरा बैंकले जानकारी  गराएको छ ।

IME Lifesidebar
kumari