stcnepal long ad
ime life insurance
national life
global ime bank long

बैंक अफ काठमाण्डूले १ अर्ब १० करोडको ऋणपत्र जारी गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक अफ काठमाण्डूले प्रति इकाई १ हजार रुपैयाँ अंकित दरको ११ लाख कित्ता ऋणपत्र जारी गर्नेछ । यस आधारमा १ अर्ब १० करोड रुपैयाँको ऋणपत्र आउनेछ । बैंकले बीओके डिबेन्चर २०८६ (क) नाममा ऋणपत्र जारी गर्न लागेको हो ।

यस ऋणपत्रको अवधि ७ वर्ष हुनेछ भने १०।५० प्रतिशत ब्याजदर पाइनेछ । बैंकले ऋणपत्र जारी गर्न एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धीमा सम्झौतामा बैंक अफ काठमान्डूका प्रमुख कार्यकारी अधिकृत श्रवणलाल मास्के र एनआइबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले चैत २ गते हस्ताक्षर गरेका छन् । यस बैंकले ९९ शाखा, ८७ एटीएम र १० वटा एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिरहेको छ ।

IME Lifesidebar
kumari