stcnepal long ad
ime life insurance
national life
global ime bank long

भाटभटेनी समूहले सातै प्रदेशका सरकारलाई २५–२५ लाख सहयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १६,२०७६ आइतबार

काठमाडौं । भाटभटेनी समूहले प्रत्येक प्रदेशलाई कोरोना विरोधी अभियानका लागि २५–२५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । समूहका अध्यक्ष मीनबहादुरले गुरुङ कोरोना विरोधी अभियान सफल पार्न मुलुकका सातै प्रदेशका सरकारलाई २५–२५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् । भाटभटेनी समूहले एक साताअघि संघीय सरकारद्वारा स्थापित कोरोना रोकथाम तथा नियन्त्रण कोषमा एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

संघीय सरकारले खडा गरेको कोषमा एक करोड उपलब्ध गराउने घोषणा गरेकै दिन अध्यक्ष गुरुङले आफ्नो समूहको तर्फबाट सहयोग राशी थपिन सक्ने संकेत थिए । त्यस क्रममा उनले भनेका थिए , ‘मुलुकमा विपत्ति आउँदा हिजो पनि हामीले सक्दो सहयोग गरेका थियौं, यसपालि पनि त्यसका लागि तयार छौं ।’ सोही प्रतिबद्धता अनुसार यो समूहले थप सहयोग घोषणा गरेको हो । यो सहयोगले प्रदेश सरकारहरुको कोभिड–१९ विरोधी अभियानमा थोरै भए पनि योगदान हुने उहाँको अपेक्षा छ ।

भाटभटेनी समूहले विपत्तिको अवस्थामा सरकार तथा पीडितलाई निरन्तर सहयोग गर्दै आएको छ । विगतमा मुलुक भूकम्प, बाढीपहिरो, आँधीहुरी जस्ता दैवी विपत्तिको चेपटामा परेका बेला पनि यो समूहले उल्लेख्य सहयोग गर्दै आएको छ । यसबाहेक भाटभटेनी समूहले दुर्गम क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई सम्पूर्ण खर्च बेहोर्ने गरी मेडिकल साइन्स अध्ययनको अवसर दिलाउनुका र अस्पतालहरुमा भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको छ ।

IME Lifesidebar
kumari