stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल उद्योग वाणिज्य महासंघले कोरोना उपचार कोषमा ५० लाख सहयोग गर्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १६, २०७६ आइतबार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारले स्थापना गरेको कोरोना भाइरस सक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५० लाख सहयोग उपलब्ध गराएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको टोलीले ५० लाख नगद र करिब ७० लाख बराबरको खाद्य सामग्री तथा अन्य औषधी र औषधीजन्य सामग्री उपलब्ध गराएको छ ।

खाद्य तथा दैनिक उपभोग्य बस्तु भने लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी तथा श्रमिक वर्गलाई उपलब्ध गराउनेछ । महासङ्घले विपद्को समयमा सानो सहयोगले पनि ठूलो राहत दिने लक्ष्यका साथ महासङ्घका पदाधिकारीसहितको टोलीले सहयोग रकम उपलब्ध गराएको अध्यक्ष राणाले जानकारी दिइन् ।

आइतबार सिंहदरबारमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर महासंघ अध्यक्ष भवानी राणाले ५० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको बताइन् । अध्यक्ष राणाले महासंघले ५० लाख नगद सँगै डेढ करोड रुपैयाँ बराबरको मेडिकल सामाग्री र खाद्यान्न सहयोग गर्ने बताइन् । महासंघले यस अघि सरकारलाई १० हजार थान मास्क र २ सय ५० सेट व्यक्तिगत सुरक्षा उपकरण पिपिई हस्तान्तरण गरेकाे थियाे ।

सो अवसरमा महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्वअध्यक्ष पशुपति मुरारका , उपाध्यक्षहरु चन्द्र ढकाल, किशोर प्रधान र उमेशलाल श्रेष्ठ लगायत अन्य पदाधिकारीहरुको समेत उपस्थित रहेको थिए ।

 

IME Lifesidebar
kumari