वैदेशिक रोजगारीलाई थप व्यवस्थित समझदारी पत्रमा हस्ताक्षर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

काठमाडौं, २७ पुस । गृहसचिव प्रेमकुमार राई तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजका निर्देशक प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाही र वैदेशिक रोजगार विभागका महानिर्देशक डा। भीम कुमार भुसालबीच वैदेशिक रोजगारको नाममा हुन सक्ने पेशालाई थप व्यवस्थित, मर्यादित र शोषण रहित बनाउन ६ बुँदे उद्देश्य र १३ बुँदे सहकार्य समझारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
आइतबार गृह मन्त्रालयमा आयोजित कार्यकक्रममा वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित र शोषण रहित बनाउन तथा वैदेशिक रोजगारको नाममा हुने सक्ने मानव बेचबिखन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्ने त्यस्तो कार्यबाट पीडित व्यक्तिको संरक्षण तथा पुनर्स्थापना गर्न नेपाल सरकार श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र नेपाल सरकार गृह मन्त्रालय र नेपाल प्रहरीबीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको थियो । यस समझदारीबाट गैर कानूनी क्रियाकलाप नियन्त्रण गर्न पारस्परिक समन्वय गर्नु पर्ने उल्लेख छ ।

IME Lifesidebar
kumari