विदेशमा बस्ने नेपालीद्वारा मतदानको व्यवस्था गर्न माग गरिदै
वासिङटन डिसि। विदेशमा बस्ने नेपालीलाई यथास्थानमा मतदानको व्यवस्था गर्न माग गर्दै नेकपा (एमाले) को विदेश स्थित भातृ संगठन ‘प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रिय कमिटी’ ले नेपाल सरकार र विभिन्न मुलुकमा रहेका नेपाली दुतावासमा यही माघ १० गते ज्ञापन पत्र बुझाउने भएको छ ।
सर्वोच्च अदालतले २०७४ चैतमा विदेशमा रहेका नेपाली नागरिकलाई सोही स्थानबाट मतदान गर्ने व्यवस्था मिलाउन नेपाल सरकारलाई निर्देशन दिएको थियो । सर्वोच्च अदालतको सो फैसला अझै कार्यन्वयनमा आएको छैन ।
अन्तर्राष्ट्रीय कमिटीका प्रचार विभाग प्रमुख तथा अमेरिकाका अध्यक्ष प्रभु थापाले अनुसार नेपालमा परराष्ट्र मन्त्री डा.नारायण खडका र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियालाई ज्ञापन पत्र बुझाइने छ ।
यस्तै विश्वभरी रहेका नेपाली दुतावासमा पनि सोही देशका कमिटीले ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।
थापाका अनुसार जनवरी २२ तारेख सोमवारका दिन नेपालको समय एक बजे ज्ञापन पत्र बुझाइने छ । अन्य मुलुकमा भने अनुकुल समयमा ज्ञापन पत्र बुझाइने छ । नेपाली नागरिकको नैसर्गिक अधिकार हो मतदान, सर्वोच्चले पनि जो जहाँ छन् त्यहीबाट मतदानको व्यवस्था गराउनु भनेको छ त्यो कार्यन्वयन हुनु पर्छ भन्ने मञ्चको माग हो। त्यसैका लागि दवाव दिन मञ्चले ज्ञापन पत्र बुझाउन लागेको हो ।
आधिकारिक तथ्यांक नभए पनि मुलुकको कुल जनसंख्याको लगभग एक तिहाइ नेपाली नागरिक नेपाल भन्दा बाहिरि मुलुकमा काम,व्यापार र अध्ययनका सिलसिलामा रहेको अनुमान छ ।
























