कृषि विकास बैंकको १ अर्ब ४२ करोड २५ लाख १२ हजार रुपैयाँ खुद नाफा
काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ४२ करोड २५ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा ७.६३ प्रतिशत ले मात्र वृद्धि भएको हो ।
खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेपछि खुद नाफा पनि सुधार भएको हो । यता, बैंकको वितरणयोग्य नाफा भने ६८ करोड १५ लाख रुपैयाँ रहेको छ ।
कृषिको निक्षेप संकलन घटेको छ भने कर्जा लगानी बढेको छ । जसका कारण सीडी रेसियो राष्ट्र बैंकले तोकेको सीमा भन्दा माथि गएको छ ।
रिजर्भ कोष र रिटेन्ड अर्निङ दुवै घटेका छन् । प्रतिसेयर आम्दानी भने १ रुपैयाँ ५४ पैसाले बढेर १९ रुपैयाँ ११ पैसा पुगेको छ । यस बैंकको प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ४० पैसा छ ।






















